भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विश्व खाद्य दिवस मनाइँदै

विश्व खाद्य दिवस मनाइँदै

काठमाडौं । संसारभर ‘स्वस्थ भविष्यका लागि सुरक्षित खाना’ भन्ने नाराका साथ ४१औँ विश्व खाद्य दिवस शनिबार मनाइँदै छ। सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको आह्वानमा दिवस मनाउन थालिएको हो।

सन् १९७१ मा राष्ट्र संघको २०औँ साधारण सभाले खाद्य तथा कृषि संगठनको स्थापनाको अवसरमा दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् १९८१ अक्टोबर १६ तारिखदेखि यो दिवस मनाउन थालिएको हो। नेपालले सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो ।

कृषि प्रधान मुलुक नेपालमा ८० प्रतिशतभन्दा बढी मानिसहरु कृषिमा निर्भर रहेका कारण यहाँ तीव्र भोकमरीको समस्या नभए पनि कर्णाली क्षेत्र लगायत हिमाली जिल्लाहरुमा भने वर्षमा ६ महिना चर्को खाद्य संकट भने हुने गरेको छ। संसारभर बर्सेनि एक करोडभन्दा धेरै मानिस भोकमरीको चपेटामा पर्ने गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

त्यस्तै‚ संसारका झण्डै ९० करोड मानिसका अगाडि भोकमरीको चुनौती छ। नेपालमा पनि कृषिको उब्जनी बढाएर खाद्य सुरक्षाको संरक्षणमा जोड दिँदै कार्यक्रम गर्ने गरिन्छ। तर यस वर्ष भने दशैं परेकाले औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन।

 

 


Thali Mobile Pvt.Ltd.