भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

विश्वभर चिन्ताको विषय बन्दै मङ्कीपक्स भाइरस

विश्वभर चिन्ताको विषय बन्दै मङ्कीपक्स भाइरस

काठमाडौं । फेरि विश्वमा मङ्कीपक्स चिन्ताको विषय बनेको छ । मङ्कीपक्स थप तीन देशमा फैलिउपछि झन चिन्ताको विषय बनेको हो । संयुक्त अरब इमिरेट्स (युएई) मङ्कीपक्सको केस रेकर्ड गर्ने पहिलो खाडी मुलुक बनेको छ । त्यसै गरि चेक गणतन्त्र र स्लोभेनियामा पनि पहिलो रेकर्ड दर्ज भएको छ । मङ्कीपक्स अफ्रिका बाहिर १८ अन्य देशहरूमा फैलिसकेको उल्लेख गरिएको छ ।

युरोप, अष्ट्रेलिया र अमेरिकामा भाइरसको प्रकोप भेटिएको वेला यो संख्यामा बृद्धि हुने विज्ञहरुले जनाएका छन् । मङ्कीपक्स भाइरसका लक्षणहरूमा अक्सर ज्वरो र शरीरमा दागहरू समावेश हुने भए पनि संक्रमण सामान्यतया हल्का हुने गरेको छ । हालसालै पश्चिम अफ्रिका भ्रमण गरेका एक यात्रीमा यसको सङ्क्रमण देखिएको र अहिले उनको उपचार भइरहेको छ।

मङ्कीपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, बिमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखापर्ने लक्षण देखिने विज्ञहरुले बताएका छन् । सङ्क्रमण प्रायजसो बालबालिकाहरुमा देखापर्ने भएकोले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । अध्ययनअनुसार मङ्कीपक्स भएर मृत्यु हुनेको दर १० प्रतिशत रहेको छ ।

मङ्कीपक्सका कारण शरीरमा देखिएका लक्षण करिब तीन महिनापछि आफैँ हराएर जानसक्ने भएपनि मङ्कीपक्स भएको तीनदेखि ४ हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको छ । मङ्कीपक्सविरुद्धको खोप उत्पादन भएर प्रयोगमा समेत आइसकेको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.