भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

वीरगञ्ज नाकाबाट निर्यात बढ्दै

वीरगञ्ज नाकाबाट निर्यात बढ्दै

पर्सा । वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने आयातमा कमी आएको छ भने नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने मालवस्तुको आयातमा ११ प्रतिशतले कमी आएको छ भने भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा छ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७६÷७७ को साउनदेखि पुससम्मको छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी रु दुई खर्ब ३८ अर्ब ८५ करोडभन्दा बढी मूल्यको विभिन्न माल वस्तु आयात भएको तुलनामा चालु आवको सोही अवधिमा रु २८ अर्ब ४७ करोड कम अर्थात् रु दुई खर्ब तीन अर्बभन्दा बढी मूल्यको विभिन्न माल वस्तु आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

त्यसै आव २०७६÷७७ को साउनदेखि पुससम्मको छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ भएको निर्यातको तुलनामा चालु आवको सोही अवधिमा रु एक अर्ब १२ करोडभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको छ । गत आवको पहिलो छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी रु १८ अर्ब ४१ करोड ५१ लाख मूल्य बराबरको विभिन्न वस्तु निकासी भएको तुलनामा चालु आवको सोही अवधिमा रु १९ अर्ब ५३ करोड ९० लाख मूल्य बराबरको माल वस्तु निकासी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगञ्ज नाका प्रयोग गरी सवारी साधन, इन्धन तथा औद्योगिक कच्चा पदार्थको आयातमा कमी आएकोे वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले कोरोना सङ्क्रमण फैलिनबाट रोक्न नेपाल सरकारले गरेको बन्दाबन्दीका बेला देशभरिकै उद्योग व्यापार पुण रुपले बन्द रहेको र यसको प्रत्यक्ष असर व्यक्तिको आयमा परेकाले नेपाली बजारमा वस्तुको माग घट्दै गएपछि आयातमा पनि कमी देखिएको बताउनुभयो । भारत सरकारले भटमास तेलको आयातमा लगाएको प्रतिबन्ध हटाएपछि यसको सकारात्मक प्रभाव नेपाली निर्यातमा देखिएको सूचना अधिकारी गुप्ताको भनाइ रहेको छ ।

उहाँले नेपालबाट भारततर्फ हुने भटमास तेलको निर्यातमा लगाएको प्रतिबन्ध भारत सरकारले हटाएपछि गत आवको पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निर्यात ३०० प्रतिशतले वृद्धि भएको बताउनुभयो । गत आवको पहिलो छ महिनामा रु दुई अर्ब ८७ करोड ३५ लाख मूल्य बराबरकोे दुई करोड २३ लाख ४७ हजार लिटर तेल निर्यात भएको तुलनामा चालु आवको सोही अवधिमा रु ११ अर्ब ५५ करोड ८१ लाख मूल्यको दुई करोड ८७ लाख ३५ हजार लिटरभन्दा बढी भटमासको तेल निर्यात भएको भन्सारले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.