भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वेवारिसे अवस्थामा भेटिएको एक हप्ताको शिशु कसको हो ?

वेवारिसे अवस्थामा भेटिएको एक हप्ताको शिशु कसको हो ?

सिरहा । पूर्वपश्चिम राजमार्गको सिराहा खण्ड छेउमा एक नवजात शिशु वेवारिसे अवस्थामा फेला परेको छ ।

धनगढीमाई नगरपालिका–१० जिरोमाईल चोकदेखि करिब ३ सय मिटर दक्षिण सडक छेउमा बिहीबार राति उक्त नवजात शिशु रोइरहेको अवस्थामा फेला परेको हो ।

बटुवाले देखेपछि प्रहरीलाई खबर गरी तत्काल नैनपुर अस्पताल पुर्‍याइएको स्थानीयले बताए । शिशुको यसै हप्ता जन्म भएको हुन सक्ने आँकलन गरिएको छ ।

उनको नालमा लागेको क्लिपको आधारमा बच्चा अस्पतालमा जन्मेको हुनसक्ने आँकलन गरिएको छ । शिशु कपडामा गुटमुट्याएर राखेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

शिशुलाई जिल्ला अस्पताल सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले बताए ।

 


Thali Mobile Pvt.Ltd.