भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

वेवारिसे अवस्थामा भेटिएको एक हप्ताको शिशु कसको हो ?

वेवारिसे अवस्थामा भेटिएको एक हप्ताको शिशु कसको हो ?

सिरहा । पूर्वपश्चिम राजमार्गको सिराहा खण्ड छेउमा एक नवजात शिशु वेवारिसे अवस्थामा फेला परेको छ ।

धनगढीमाई नगरपालिका–१० जिरोमाईल चोकदेखि करिब ३ सय मिटर दक्षिण सडक छेउमा बिहीबार राति उक्त नवजात शिशु रोइरहेको अवस्थामा फेला परेको हो ।

बटुवाले देखेपछि प्रहरीलाई खबर गरी तत्काल नैनपुर अस्पताल पुर्‍याइएको स्थानीयले बताए । शिशुको यसै हप्ता जन्म भएको हुन सक्ने आँकलन गरिएको छ ।

उनको नालमा लागेको क्लिपको आधारमा बच्चा अस्पतालमा जन्मेको हुनसक्ने आँकलन गरिएको छ । शिशु कपडामा गुटमुट्याएर राखेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

शिशुलाई जिल्ला अस्पताल सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले बताए ।

 


Thali Mobile Pvt.Ltd.