भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

शरीरमा आगो लगाएकी महिलाको मृत्यु

शरीरमा आगो लगाएकी महिलाको मृत्यु

विराटनगर । आफ्नै शरीरमा आगो लगाएकी महानगरपालिका–१० तीनटोलियाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । कुपीबाट मट्टितेल खन्याएर शरीरमा आगो लगाएकी ४० वर्षीया आशा शर्मा (कोइरी)को मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

पति राजकुमार कोइरीसँग भएको सामान्य विवादपछि गत बुधबार राति ९ बजेतिर आशाले मट्टितेल खन्याएर शरीरमा आफैँले आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शरीरका अधिकांश भाग जलेकी उनलाई उपचारका लागि कोसी अस्पताल ल्याइएको थियो ।

बिहीबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । राजकुमार र आशाबीचको पारिवारिक विवादका बारेमा प्रहरीले खुलाएको छैन । आशाको मृत्यु भएपछि पति राजकुमारलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमै राखिएको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.