शान्ति सम्झौता विपरीत सर्वोच्चले हेरेको भन्दै प्रतिवाद गर्न माओवादी घटक दलको पत्रकार सम्मेलन हुदै

शान्ति सम्झौता विपरीत सर्वोच्चले हेरेको भन्दै प्रतिवाद गर्न माओवादी घटक दलको पत्रकार सम्मेलन हुदै

काठमाडौं । युद्धकालीन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट हेर्न थालेकोमा आपत्ति जनाउँदै माओवादी घटकले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी घटक दलका सबै शीर्ष नेताहरू पत्रकार सम्मेलनमा उपस्थित रहने माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पत्रकार सम्मेलनमा सशस्त्र युद्धकालीन मुद्दालाई विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत सर्वोच्चले हेरेको भन्दै उनीहरुले प्रतिवाद गर्ने साथै चेतावनी दिने बताइएको छ । माओवादी केन्द्र र माओवादी घटक दलहरूले अलग अलग वक्तव्यमार्फत धारणा सार्वजनिक गरिरहेका छन् ।

सर्वोच्च अदालतले भने माओवादी अध्यक्ष प्रचण्डलाई पक्राउ गरी पाउँ भन्दै परेको रिटलाई अग्राधिकार दिई १५ दिनभित्र अदालतमा उपस्थित हुन वा वारेसमार्फत जवाफ दिन कारण देखाऊ आदेश दिएको छ । २८ फागुनमा माओवादी घटकले आफ्नो धारणा सार्वजनिक गर्न लागेका छन् ।

 


Thali Mobile Pvt.Ltd.