भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

शारीरिक सम्बन्धको सट्टा डिग्रीको सर्टिफिकेट, महिला प्राध्यापकले नै छात्रालाई प्रलोभनमा पारी पुरुष प्राध्यापकको ओछ्यानमा पुर्याउने कामको यसरी भयो पर्दाफास

शारीरिक सम्बन्धको सट्टा डिग्रीको सर्टिफिकेट, महिला प्राध्यापकले नै छात्रालाई प्रलोभनमा पारी पुरुष प्राध्यापकको ओछ्यानमा पुर्याउने कामको यसरी भयो पर्दाफास

ब्यूरो । प्राध्यापक ज्ञानको ज्योतिका स्रोत हुन् । गुरु उपनामले पुकार्ने गरिन्छ । गुरु शब्द नै पवित्र छ, तर यही पवित्र शब्द र पद नै बेला बेला बदनाम हुने गरेका घटना धेरै छन् । मद्रास उच्च अदालतले एउटा सनसनीखोजको खुलासा गरेको छ ।

अभियुक्त महिला कलेजकी एक प्रोफेसरलाई गिरफ्तार गरेपछि सबै चकित परेको खुलासा भएको हो । न्यायमूर्ति एन किरुबाकरण र मदुरै बेन्चका एसएस सुन्दरले निलम्बित सहायक प्राध्यापक निर्मला देवीको बारेमा विशेष खुलासा गरेको हो ।

यस्तो रहेछ सेटिङ्ग
प्रोफेसरलाई मदुरै काम राज विश्वविद्यालयका वरिष्ठ अधिकारीहरुसँग शारीरिक सम्बन्ध बनाउनका लागि विद्यार्थीहरुलाई डिग्रीमा राम्रो अंक र पैसा दिने सेटिङ्ग मिलाउने गर्थिन् । महिला विद्यार्थीहरुलाई प्रलोभनमा पारेर पुरुष प्राध्यापकको ओछ्यानमा पुर्याउने काम उनको थियो ।

महिला विद्यार्थी महिला प्राध्यापकसँग नै बढी घुलमिल हुने र कुराकानी गर्दा कुनै शंका नहुने भएकाले मोटो रकम लिएर उनले यो काम ग’रिरहेको अदालतबाट प्रमाणित भएको छ । सरकारी वकिलले अदालतलाई भने कि उनलाई जमानत दिन कुनै आपत्ति छैन। अदालतले प्राध्यापकलाई अनुसन्धानमा पुलिसलाई पूर्ण सहयोग गर्न निर्देशन दिएको छ ।

मिडियामा कुनै अन्तर्वार्ता दिन अस्वीकार गरेको छ, जसले अनुसन्धानलाई असर गर्न सक्छ। यसअघि तल्लो अदालत र उच्च अदालतले जमानत निवेदन खारेज गरेको थियो । निजी कलेज देवंगा आर्ट्स कलेजकी प्राध्यापक देवी गत वर्ष अप्रिल १६ मा पक्राउ परेकी थिइन् । कलेज र महिला फोरमको उजुरीमा प्रोफेसरको छात्राहरुसँग कुराकानी गरेको एक अडियो भाइरल भएपछि प्रोफेसर विरुद्ध कारबाही गरियो ।

अडियो क्लिपमा प्रोफेसरले कथित रूपमा छात्राहरुलाई केहि अधिका’रीहरुसँग सम्बन्धका लागि बातचित गरिरहेको सुनिन्थ्यो । गिरफ्तारी हुनुभन्दा पहिले कलेजले आन्तरिक छानबिन गरेपछि प्रोफेसरलाई निलम्बित गरेको थियो । अडियो सार्वजनिक भएपछि यो विवाद राज्यको सीआईडीलाई सुम्पिएको थियो।

देवीको सोधपुछको आधारमा पुलिसले सहायक प्राध्यापक वी मुरुगन र अनुसन्धान विद्यार्थी करुप्पास्वामीलाई उनीहरुको मुद्दामा संलग्न भएको आरोपमा गिरफ्तार गरेको थियो। उच्च अदालतले रिट निवेदन खारेज गरेपछि दुबै जनालाई सर्वोच्च अदालतले जमानत दिएको थियो।

गत वर्ष सेप्टेम्बरमा सीबी सीआईडीले अदालतमा २०० पृष्ठको आरोपपत्र दायर गरेको थियो । यस अघि जुलाई महिनामा १६०० पानाको पूर्व आरोपपत्र दायर गरिएको थियो। एजेन्सी

 


Thali Mobile Pvt.Ltd.