भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

शासक दललाई नेमकिपाका सांसद सुवालको ‘गतिलाे झापड’

शासक दललाई नेमकिपाका सांसद सुवालको ‘गतिलाे झापड’

काठमाडौं । गासे गुसे एकै नासे भएका शासक दल सामू नेमकिपाका सांसद प्रेम सुवालले गतिलाे झापड प्रहार गरेका छन् । सत्ता पक्षले विधेयक सम्बन्धी प्रस्तावहरू पेश गर्ने र विपक्षी दल नाराबाजीमा उत्रिरहेका बेला देश र जनताको पक्षमा आवाज उठाउन साँसद सुवालले रचनात्मक झापड प्रहार गरेका हुन् । ओलीको सरकार हुँदा कांग्रेस नेताहरु रचनात्मक विपक्षी भनेर हवाला दिन्थ्ये ।

अहिले कांग्रेस सरकार हुँदा एमाले नेताहरू आफ्नो दललाई रचनात्मक विपक्षी भनिरहेका छन् । तर न रचनात्मक विपक्षी बनेका छन् न रचनात्मक सत्तापक्ष बनेका छन् भनेर आवाज उठीरहेको छ । मुख्य विपक्षी दल नेकपा एमालेले लगातार संसद बैठक अवरोध गर्दै आएको छ भने सत्तापक्ष पनि लगातार विधेयकहरु पेश गरिरहेको छ । एमाले सांसदहरू नाराबाजीमा छन् भने मर्यादापालकलाई रोक्न हम्मे हम्मे परिरहेको छ ।

हलैहल्लाकोबीच पेश गरिएका विधेयक र प्रस्ताव माथि नेपाल मजदुर किसान पार्टीका एक्ला सांसद प्रेम सुवालले एक्लै भएपनि भाग लिइरहेका दृश्य संसद्मा देख्न सकिन्छ । प्रतिनिधिसभा बैठक प्रारम्भ हुने वित्तिकै एमाले साँसद नाराबाजीमा उत्रिन्छन् भने हल्लैको बीचमा प्रेमसुवाल यो प्रस्ताव जनताको पक्षमा छैन भन्दै खबरदारी गछर्न् । तर संसदभित्र उनको आवाज सुन्ने कोही हुँदैन ।

अन्तमा उनको कुरा बहुमतले अस्वीकृत भएको कुरा सभामुखले भन्छन् । आज सोमबारको संसद् बैठकपनि नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले सुरु गरे । विनियोजन विधेयकहरु छलफलका लागि अघि बढाए । हलभित्र नाराबाजीले केही सुनिदैन थियो । छलफलमा भाग लिने उनै नेमकिपाका सांसद सुवालले एमसीसीसँगको सम्झौताको विरोध गरे ।

सुवाले राज्यले घोषणा गरेको मानपदवी तथा विभूषणप्रति विरोध जनाए । त्यस्तै विद्युत उपयोग बढाउन घरेलु प्रयोगको विद्युत महशुल घटाउन, गोर्खा भर्ती केन्द्र बन्द गर्न र लिपुलेक–लिम्पियाधुरा क्षेत्रमा नेपाल–भारत–चीन त्रिदेशीय बिन्दु पत्ता लगाउन, राष्ट्रिय योजना आयोग खारेज गर्न र राजनीतिक दलमाथिको तीन प्रतिशत मतको बन्देज खारेज गर्न माग गरिरहे ।

प्रत्येक वडामा एकजना प्रसुति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक उपलव्ध गराउन सोही वडाबाट एक जनालाई छात्रवृत्ति दिन, काठमाडौँ–तराई द्रुतमार्ग, काठमाडौँको बाहिरी चक्रपथ र उपत्यकामा चार वटा शहर विकास गर्ने आयोजना खारेज गर्न, कोभिड–१९ बाट असर परेका मजदुर र किसानलाई क्षतिपूर्ति दिन, भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्नेमा सांसद सुवालले जोडदार माग गरे ।

 


Thali Mobile Pvt.Ltd.