भर्खरै : Sorry, your browser does not support inline SVG.

शिक्षा समाज रुपान्तरणको महत्वपूर्ण आधार होः प्रमुख सुनिल प्रजापति

शिक्षा समाज रुपान्तरणको महत्वपूर्ण आधार होः प्रमुख सुनिल प्रजापति

भक्तपुर । शिक्षा समाज रुपान्तरणको महत्वपूर्ण आधार भएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताएका छन् । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सामुदायिक÷गुठी र संस्थागत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रतिनिधिसंगको भेलालाई सम्बोधन गर्दै प्रजापतिले विद्यार्थीहरुको उच्च शिक्षा हासिल गर्ने महत्वपूर्ण जग विद्यालय भएकाले शिक्षामा सुधार ल्याउन आवश्यकता रहेको बताए ।

देशभर जनस्तरबाट शैक्षिक संस्थाहरु सञ्चालन भएमा गरिब जनताका छोराछोरीले महँगा विद्यालय, कलेजमा गएर पढ्नुपर्ने बाध्यताको अन्त्य हुने बताए । विद्यालयलाई योग्यता, इमानदरिता र देशभक्तिको भावनाबाट शिक्षित गर्नुपर्ने भन्दै भक्तपुर नपाले भनपाभित्र सञ्चालित विद्यालयको नियमित अनुगमनका लागि प्राविधिक तथा अनुगमन समिति गठन गरिसकेको जानकारी दिए ।

शासक दलले विश्वविद्यालयहरुलाई राजनैतिक भागबण्डामा पदाधिकारीहरु नियुक्ति गर्ने, अनयिमितता र आर्थिक लेनदेनको थलो बनाएका कारण कलेज र विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण घटेको बताए । उच्च शिक्षा अध्ययनको क्रममा नेपाली विदेशिने क्रम बढेकाले यहाँका कलेजहरू विस्तारै बन्द हुने अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गरे ।

भक्तपुरको शैक्षिक गुणस्तर अझ माथि उठाउने मुख्य उद्देश्य नगरपालिकाको भएको भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष एवम् नगर शिक्षा समितिका सदस्य उकेश कवांले बताए । घोकन्ते विद्या होइन, व्यवहारिक शिक्षा आजको आवश्यकता हो भन्दै उनले अविभावक सचेत रहनु पर्ने बताए ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष एवम् विद्यालय अनुगमन समितिका संयोजक योगेन्द्रमान बिजुक्छेँले विद्यालय व्यवस्थापन समितिले विद्यालयको नीतिगत निर्णय र सहजकर्ताको भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए । विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सीमित नराखी उनीहरुमा अतिरिक्त प्रतिभा प्रस्फुटन गर्ने अवसर दिनुपर्नेमा जोड दिए ।

यस्तै नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले भक्तपुर नपाभित्र सञ्चालित सामुदायिक÷गुठी र संस्थागत विद्यालयको व्यवस्थापनको काम, कर्तव्य र अधिकार र नपाको शैक्षिक अवस्थाबारे प्रस्तुती देखाए । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । भनपाको आयोजनामा भएको उक्त भेलामा ९० वटाभन्दा बढी विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।शिक्षा समाज रुपान्तरणको महत्वपूर्ण आधार होः प्रमुख सुनिल प्रजापति

 

 


Thali Mobile Pvt.Ltd.