भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

२२ जना आरोही धौलागिरि शिखरमा पुगे

२२ जना आरोही धौलागिरि शिखरमा पुगे

काठमाण्डौ । आठ हजार एक सय ६७ मिटर अग्लो हिमाल धौलागिरि यस वर्षको पहिलो आरोहण भएको छ । सन् २०२२ को आरोहण धौलागिरि हिमाल सफलतापूर्वक आरोहण गरेर यस वर्षको आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ । वसन्त ऋतुको मौसममा १८ वटा हिमाल आरोहणका लागि ६१ वटा समूहबाट पाँच सय पाँच जनाले अनुमति लिएको र सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि दुई सय चार जनाले अनुमति लिएको विभागले जनाएको छ ।
अहिलेसम्म १० जना आरोही र १२ जना आरोहण सहयोगी गरी २२ जना शिखरमा पुगेका विभागबाट खटाइएका सम्पर्क अधिकृत नगेन्द्र रोकाले जानकारी दिनुभयो । यस वर्ष धौलागिरि हिमाल आरोहणका लागि दुई समूहबाट २१ जनाले अनुमति लिएका छन् ।

हालसम्म १० जना आरोही र १२ जना आरोहण सहयोगी गरी २२ जना धौलागिरिको शिखरमा पुगेको र धौलागिरि हिमाल आरोहणका लागि दुई समूहबाट २१ जनाले अनुमति लिएको विभागले जनाएको छ । अनमुति लिएकामध्ये धेरैजसो आरोहीहरू हिमालका आधार शिविरतर्फ गइसकेका छन् । विभागले आरोहण रोयल्टी शुल्कबापत २९ करोड ७४ लाख ३४ हजार आठ सय एक रुपियाँ राजस्व सङ्कलन समेत गरिसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.