भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

शिष्ट र मर्यादित भएर सामाजिक सञ्जालको प्रयोग गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह

शिष्ट र मर्यादित भएर सामाजिक सञ्जालको प्रयोग गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह

काठमाण्डौ । सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर प्रयोग गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगले शिष्ट र मर्यादित भएर सामाजिक सञ्जालको प्रयोग गर्न आग्रह गर्दै जिम्मेवार पदाधिकारीबाट नै व्यक्त धारणा र आरोप प्रत्यारोपप्रति गम्भीर ध्यानाकर्षणसहित उक्त आग्रह गरेको हो ।

विज्ञप्तिमा यी घटनामा संलग्नलाई छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । आयोगले आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारमा पर्नसक्ने असरप्रति जिम्मेवार व्यक्तिले ध्यान पुर्‍याउनुपर्नेमा पनि जोड दिएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाण्डौमा भएको आक्रमण, जसपाका जिल्ला अध्यक्ष राजकुमार यादवमाथि प्रहरीबाट मोरङमा दुर्व्यवहार भएको, डाक्टरमाथि कुटपिट भएको भन्दै हेटौँडा अस्पतालका ७८ जना चिकित्सकले राजीनामा दिएकोजस्ता घटनाका सम्बन्धमा आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।शिष्ट र मर्यादित भएर सामाजिक सञ्जालको प्रयोग गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह

 


Thali Mobile Pvt.Ltd.