संघीय संसद्को बैठक आइतबार बस्ने

संघीय संसद्को बैठक आइतबार बस्ने

काठमाडौं । संघीय संसद्को बैठक आगामी आइतबार बोलाइको छ ।

कोरोनाको तेस्रो लहर सुरु भएसँगै पटक पटक स्थगित भएको बैठक आइतबार बस्ने भएको हो । प्रतिनिधि सभाको बैठक आइतबार र राष्ट्रिय सभाको बैठक सोमबारका लागि बोलाइएको छ ।

कोरोना संक्रमण दर उच्च बिन्दुमा पुग्नै लागेका बेला संसद् बैठक बस्न लागेको हो । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो पार्टी फुटाउन सभामुखले भूमिका खेलेको भन्दै निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।

आगामी बैठकमा पनि एमालेले अवरोध कायमै राख्ने बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.