भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

संघीय सांसदहरूले पाए दसैं विदा, रेल्वे विधेयक २०७८ फिर्ता

संघीय सांसदहरूले पाए दसैं विदा,  रेल्वे विधेयक २०७८ फिर्ता

काठमाडौं । राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरुको विदा शुरु भएको छ । सोमबारको बैठकपछि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबैमा लामो विदा दिइएको हो ।संघीय संसदको प्रतिनिधि सभा कात्तिक ९ गते मंगलबारसम्मका लागि सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका छन् । त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेका छन् ।

नेपालीहरुको महान पर्व दशैं शुरु भइसकेकोले लामो समयसम्म संसद बैठक स्थगित भएपछि सांसदहरुले दशैं विदा पाएका हुन् । त्यसो त धेरै सोमबारको बैठकमा धेरै सांसदहरु उपस्थित भएका थिएनन् । प्राय सांसदहरु गाउँ गइसकेका छन् । सोमबारको बैठक पनि सभामुख सापकोटाले नेकपा एमालेका सांसदहरुको विरोधका बाबजुद सञ्चालन गरेका थिए । बैठकमा एमाले सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका थिए । यता राष्ट्रियसभामा भने एमाले सांसदहरु मौन रहेर उभिए विरोध जनाएका थिए ।

राष्ट्रियसभामा उत्पत्ति भएको रेल्वे विधेयक २०७८ राष्ट्रियसभा बैठकले विधेयक फिर्ता लिन प्रतिनिधिसभालाई सहमति दिएसँगै सोमबारको प्रतिनिधि सभाले सो फिर्ता लिएको छ ।

 


Thali Mobile Pvt.Ltd.