भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

संविधान संशोधनको पक्षमा जनता समाजवादीकाे औपचारिक निर्णय 

संविधान संशोधनको पक्षमा जनता समाजवादीकाे औपचारिक निर्णय 

३० जेठ २०७७ काठमाडौं । नवगठित जनता समाजवादी पार्टी नेपालले नेपालको संविधान संशोधन दोस्रो विधेयकको पक्षमा मतदान गर्ने अाैपचारिक निर्णय गरेको छ । शुक्रबार बसेको पार्टीकाे बैठकले नेपालको संविधान संशोधन गर्न बनेको विधेयक’को पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि संशोधनको पक्षमा मतदान गर्न सदस्यहरुलाई ह्‍विप जारी गर्नेछ पार्टीले जनाएकाे छ । भोलि बिहान ११ बजेका लागि संसदीय दलको बैठक समेत बोलाइएको छ ।

भारतले हडपेको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सालाई आधिकारिकता दिने सरकारको प्रस्ताव दुईतिहाइ बहुमतसहित पारित हुने पक्का भएको छ । दुई दिनअघि मात्र तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरीले यो विधेयकविरुद्ध संसदमा संशोधनको सूचना दर्ता गरेकी छिन् ।

पार्टीले संशोधनको सूचना फिर्ता नलिए सांसद पदबाट नभई पार्टीको साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्ने चेतावनी समेत दिएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.