भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

सडक क्षतिग्रस्त बनेपछि विरामी मर्कामा

सडक क्षतिग्रस्त बनेपछि विरामी मर्कामा

सिन्धुपाल्चोक । नेपाल–चीन तातोपानी नाका जोड्ने कोदारी लोकमार्गको तातोपानी नाका जोड्ने सडक क्षतिग्रस्त बनेको छ । उक्त सडक खण्डको माथिबाट आएको बाढी र भेलले सडक क्षतिग्रस्त बनेको हो । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलाको भीषण बाढीका कारण तोपानी नाका जोड्ने सडक क्षतिग्रस्त बनेपछि आवतजावत बन्द भएको छ ।

सडक खुलाउन सडक डिभिजन कार्यालयले वास्ता नगरेकोले वडा कार्यालय र पालिकाको प्रयासमा खुलाउने कार्य जारी रहेको छ । बाढी र पहिरोका कारण सडक अवरुद्ध हुदाँ बाह्रबिसे र तातोपानी सडक सम्बन्ध टुटेको जनाइएको छ। सडकमाथिको मेराक भन्ने स्थानबाट आएको बाढीले सडक बगाएपछि यातायातका साधान पूर्णरुपमा रोकिएका र सडक बगाएपछि पैदल यात्रा समेत पूर्णरुपमा रोकिएको जनाइएको छ। बिरामी, सुत्केरीलाई अस्पताल पुर्याउन समस्या भएको स्थानीयको भनाई छ।

 


Thali Mobile Pvt.Ltd.