सतुङ्गलको चप्पल कारखानामा आगलागी, करिब एक करोड बराबरको क्षति

सतुङ्गलको चप्पल कारखानामा आगलागी, करिब एक करोड बराबरको क्षति

काठमाण्डौ । चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलमा रहेको चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

गए राति विद्युत् सर्ट भइ आगालागी हुँदा कारखानामा रहेको मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर नष्ट भएको हो । आगलागीबाट झन्डै ९३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रारम्भिक विवरण आएको चन्द्रागिरिका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले बताए ।

यस्तै, गए राति नै काठमाण्डौ महानगरपालिका–७ चाबहिल बस्ने ४५ वर्षीय इन्द्रनारायण मानन्धरको घरमा आगलागी भएको छ । खाना पकाउने क्रममा अचानक ग्यास लिक भइ आगलागी हुँदा झन्डै १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.