भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

युक्रेनद्वारा मिसाइल आक्रमण

युक्रेनद्वारा मिसाइल आक्रमण

काठमाडौं । युक्रेनले रुसको सेवास्तोपोल भन्ने स्थानमा नौसेनाका अधिकारीहरुलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ । यो आक्रमणबाट दर्जनौंको मृत्यु भएको र घाइते भएको दाबी युक्रनको सेनाले गरेको छ ।

तर रुसले भने आक्रमणपछि एक जना सम्पर्कविहीन भएको जनाएको छ । रुसको ब्ल्याक सी क्षेत्रका कमाण्डरहरु सेवास्तोपोल भन्ने स्थानमा बैठक बसिरहेको बेला सोही बैठकलाई लक्षित गरी युक्रेनले शुक्रबार आक्रमण गरेको थियो ।

सेवास्तोपोललाई रुसी नौसेनाको सबैभन्दा बलियो अड्डा मानिन्छ । आक्रमणमा स्टोर्म श्याडो मिसाइलको आक्रमण गरिएको थियो । यो मिसाइल युक्रेनलाई फ्रान्स र बेलायतले उपलब्ध गराएका थिए ।

युक्रेनको सेनाले संक्षिप्त सूचना जारी गर्दै भनेको छ, ‘यो हमलाबाट दर्जनौं मारिएका छन् र घाइते भएका छन् । यो अड्डामा जहाज व्यवस्थापनका शीर्ष व्यक्तिहरु थिए ।’ तर रुसले भने युक्रेनको आक्रमणपछि एक जना सम्पर्कविहीन भएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.