जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी गरिएको छ । शनिबार दिउँसो १ बजेर ३० मिनेटदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
सर्वसाधारणलाई घरबाट ननिस्किन स्थानीय प्रशासनले यस्तो आदेश गरेको हो । विश्वकर्माको मूर्ति विसर्जनका क्रममा दुई पक्षबीच झडप हुँदा एक दर्जनबढी व्यक्ति घाइते भएका थिए । घरेलु हतियार बोकेर सर्वसाधारण निस्किन थालेपछि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
