भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

सबैभन्दा अग्लो नेपाल आमाको मूर्ति बन्दै

सबैभन्दा अग्लो नेपाल आमाको मूर्ति बन्दै

कञ्चनपुर । भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित धार्मिक पर्यटकीय क्षेत्र भम्केनीमा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणको कार्य भइरहेको छ । मूर्ति निर्माणका लागि १० करोड ८१ लाखमा ठेक्का सम्झौता गरिएको छ ।

निर्माण कम्पनीले मूर्तिको नमूना तयार गरी कार्य अगाडि बढाएको छ । नेपाल आमाको निर्माण हुने मूर्तिका तीन वटा नमूना तयार गरेको काठमाडौंबाट विज्ञ टोलीले मूर्तिको नमूनाको अवलोकन, अध्ययन र विश्लेषण गरी तयार गरेको प्रतिवेदनका आधारमा मूर्ति छनोट गरिने छ ।

मूर्तिको फाउन्डेसनमा बन्ने कमलको फूललगायतको संरचना निर्माणको कार्य निर्माण कम्पनीले पूरा गरेको महाकाली शारदापीठ भम्केनी धामका सचिव बिर्खबहादुर मल्लले बताए । सम्झौता भएको साढे तीन वर्षभित्र मूर्ति निर्माण सम्पन्न गर्नुपर्ने छ । पैदलयात्रा गरेर सङ्कलन गरेको दुई करोड, भीमदत्त नगरपालिकाले ५० लाख, प्रदेश सरकारको ५० लाख र सङ्घीय सरकारको ५० लाख मूर्ति निर्माणका लागि लगानी गरिएको छ ।

अष्टधातुबाट बनाइने मूर्ति निर्माणका लागि २५ टन तामा आवश्यक पर्ने र अहिले २२ टन मात्रै तामा रहेको छ । दुई वर्ष नौ महिनामा मूर्ति निर्माण गरिसक्ने योजना कम्पनीको छ । मूर्ति निर्माणमा १२ हजार श्रमिक लाग्ने बताइएको छ । तीन रोपनी जग्गामा मूर्ति निर्माण गरिने छ । दाँयाबाँया गाई र बाघको मूर्ति, नेपालको नक्सा, नेपालका राष्ट्रिय प्रतीक चिह्न र नेपालको सबै तीर्थको प्रतिनिधित्व हुने गरी सङ्ग्रहालयसमेत निर्माण गरिने छ ।

 


Thali Mobile Pvt.Ltd.