भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

समानुपातिक मतपरिणाम, कुन दलको कति मत ?

समानुपातिक मतपरिणाम, कुन दलको कति मत ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा १ करोड २ लाख २२ हजार २ सय २२ मत गणना भएको छ । बिहान सम्मको मतपरिणाम अनुसार नेकपा एमालेले २७ लाख २८ हजार ३ सय ५ मत ल्याएर पहिलो स्थानमा छ ।

नेपाली कांग्रेसले २५ लाख ९६ हजार ४ सय २३ मत ल्याएर दोस्रो स्थानमा रहेको छ । नेकपा माओवादी केन्द्रको ११ लाख ५४ हजार ५ सय ९१ मत ल्याएर तेस्रो स्थान छ ।

चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको ११ लाख ६ हजार ९१ मत रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८० हजार ४ सय ३४ मतका साथ पाँचौँ स्थानमा छ ।

छैटौँ स्थानमा जनता समाजवादी पार्टी ४ लाख १२ हजार ८ सय ५८ मत रहेको छ। यस्तै, जनमत पार्टीले ३ लाख ८१ हजार ४ सय २४ मत पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ९२ हजार १५८ मत पाएको छ ।

 


Thali Mobile Pvt.Ltd.