भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

समितिको सभापतित्व जेष्ठ सदस्यले गर्दै संसदीय समितिहरुको बैठक सरु

समितिको सभापतित्व जेष्ठ सदस्यले गर्दै संसदीय समितिहरुको बैठक सरु

काठमाडौं । गत बर्ष मंसिर ४ मा आम निर्वाचन सम्पन्न भएर प्रतिनिधि सभा गठन भएको लामो समयसम्म संसदीय समितिहरुको बैठक बसेको छ । निर्वाचनसंगै काम बिहिन भएका समितिहरु मध्य १० वटा समितको बैठक मंगलबार बसेको हो ।

संसदीय समितिहरुलाई मिनी संसद पनि मानिन्छ । तर समितिहरुले दिएका सुझावहरु सरकारले कार्यान्वयनमा चासो भने नदिने गरेको गुनासो बिगतमा सांसदहरुले गर्दै आएका थिए । सबै समितिमा सभापतिहरु भने चयन नभएकाले बैठकको सभापतित्व समितिमा रहेका जेष्ठ सदस्यले गरिरहेका छन् ।

सार्वजनिक लेखा समितिको सभापतित्व समितिका जेष्ठ सदस्य एवं कांग्रेस नेता अर्जुन नरसिहँ केसीले गरिरेका छन् । पूर्वाधार बिकास समितिको सभापतित्व जेष्ठ सदस्य राष्ट्रिय उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरी,उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतित्व जेष्ठ सदस्य नेकपा माओवादी केन्द्र का सांसद रनेन्द्र बराइलीले गरिरेका छन् ।

प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समिति, अर्थ, कानून, न्याय तथा मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य तथा सूचना प्रविधि समिति रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.