भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

समितिको सभापतित्व जेष्ठ सदस्यले गर्दै संसदीय समितिहरुको बैठक सरु

समितिको सभापतित्व जेष्ठ सदस्यले गर्दै संसदीय समितिहरुको बैठक सरु

काठमाडौं । गत बर्ष मंसिर ४ मा आम निर्वाचन सम्पन्न भएर प्रतिनिधि सभा गठन भएको लामो समयसम्म संसदीय समितिहरुको बैठक बसेको छ । निर्वाचनसंगै काम बिहिन भएका समितिहरु मध्य १० वटा समितको बैठक मंगलबार बसेको हो ।

संसदीय समितिहरुलाई मिनी संसद पनि मानिन्छ । तर समितिहरुले दिएका सुझावहरु सरकारले कार्यान्वयनमा चासो भने नदिने गरेको गुनासो बिगतमा सांसदहरुले गर्दै आएका थिए । सबै समितिमा सभापतिहरु भने चयन नभएकाले बैठकको सभापतित्व समितिमा रहेका जेष्ठ सदस्यले गरिरहेका छन् ।

सार्वजनिक लेखा समितिको सभापतित्व समितिका जेष्ठ सदस्य एवं कांग्रेस नेता अर्जुन नरसिहँ केसीले गरिरेका छन् । पूर्वाधार बिकास समितिको सभापतित्व जेष्ठ सदस्य राष्ट्रिय उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरी,उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतित्व जेष्ठ सदस्य नेकपा माओवादी केन्द्र का सांसद रनेन्द्र बराइलीले गरिरेका छन् ।

प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समिति, अर्थ, कानून, न्याय तथा मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य तथा सूचना प्रविधि समिति रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.