सोलुदुधकुण्ड नगरपालिकाको संक्षिप्त चिनारी
नेपालको काेशी प्रदेश अन्तर्गत पर्ने सोलुखुम्बु जिल्ला सतहत्तर जिल्ला मध्ये उच्च हिमाली जिल्ला हो । यहि जिल्लाको पश्चिम दक्षिण दिशामा अवस्थित सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बु जिल्लाको सदरमुकाम पनि हो । विक्रम सम्बत २०६८ को जनगणना अनुसार यस हिमाली जिल्लाले जम्मा ३३१२ वर्ग किलोमीटर छेत्रफल ओगटेको छ र जनसंख्या १०५८८६ रहेको छ । नेपालको एक महत्वपुर्ण प्रयटन गनतव्यको रुपमा रहेको यस सोलुदुधकुण्ड नगरपालिकाको उत्तर तर्फ नुम्बुर हिमाल र यस हिमालको काखमा अवस्थित दुधकुण्ड पोखरी पर्दछ भने राजनितिक विभाजनमा उत्तर तिर खुम्बु पासाङ ल्हामु गाउँपालिका, पूर्वमा काँकु, बासा र खुम्बु पासाङ ल्हामु गाउँपालिका, पश्चिममा लिखुपिके गाउँपालिका र रामेछाप जिल्ला तथा दक्षिणमा नेचा-सल्यान गाउँपालिका र ओखलढुङ्गा जिल्ला पर्दछन् । प्रमुख पर्यटन केन्द्रको रुपमा रहेको यस जिल्लामा संसारकै उच्च सर्बोच्च शिखर सगरमाथा ८,८४८.८६ मिटर रहेको छ । संसारका विभिन्न देशबाट पर्यटकहरु बिदा मनाउन तथा पर्वतारोहणका लागि यस क्षेत्रमा आउने गर्छन ।
भौगोलिक अवस्थिति
सिमाना : पूर्व – काँकु, बासा र खुम्बु पासाङ ल्हमु गाउँपालिका,पश्चिम – लिखुपिके गाउँपालिका, रामेछाप जिल्ला,उत्तर – खुम्बपासाङ ल्हमुु गाउँपालिका,दक्षिण – नेचासल्यान गाउँपालिका र ओखलढुङ्गा जिल्ला,भू–भौगोलिक क्षेत्र – पहाडी क्षेत्र र हिमाली क्षेत्र ,प्रमुख नदी/खोला – सोलुखोला, कुनीखोला, शिसाखोला ।
राजनीतिक तथा प्रशासनिक विभाजन : काेशी प्रदेश,अञ्चल – सगरमाथा, जिल्ला – सोलुखुम्बु, वडा – ११ वटा वडा
जनसंख्या स्थिति र क्षेत्रफल ( राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार) :
कूल संख्या – २७०१३,पुरुष – १३७००,महिला – १३३१३, क्षेत्रफल – ५६५.०६ वर्ग किलोमिटर
स्वास्थ्य सेवाको अवस्था : अस्पताल संख्या : १ ( जिल्ला अस्पताल फाप्लु ), स्वास्थ्य चौकी संख्या : ९ वटा ( बेनी, गार्मा, तामाखानी, सल्लेरी, टाक्सिन्दु, केरुंग, गोराखानी, टाप्टिंग र तिङ्गला स्वास्थ्य चौकी), बर्थिंग सेन्टर : ६ वटा ( जिल्ला अस्पताल फाप्लु, स्वास्थ्य चौकीहरु: १. बेनी, गार्मा, केरुंग, गोराखानी र ताप्टिंग) सहरी स्वास्थ्य केन्द्र : २ वटा ( रोशी जैधु सल्लेरी, च्याल्सा गार्मा), सामुदायिक स्वास्थ्य ईकाई : १ वटा ( घुन्सा सामुदायिक स्वास्थ्य ईकाई केरुंग), सामुदायिक आँखा केन्द्र : १ वटा ( फाप्लु ) सामुदायिक दन्त उपचार केन्द्र : १ वटा ( फाप्लु ) गैर सरकारी संस्था बाट संचालित स्वास्थ्य संस्था हरु : ४ वटा ( सालाबेसी, फेरा, टाक्सिन्दू गुम्बा र पाताले) निजि दन्त उपचार केन्द्र : १ वटा ( सल्लेरी )
शिक्षाको अवस्था : सरकारी विद्यालयको संख्या – ६४, स्रोत केन्द्रः २, निजी विद्यालयको संख्या – ५, क्याम्पस संख्या – २ आ.वि संख्या – ५४,मा.वि. संख्या – १०
आर्थिक विकासका प्रमुख क्षेत्रहरू : प्रमुख बालीहरू – गहुँ, मकै, आलु आदि । प्रमुख फलफुलहरू – स्याउ, आरु, नासपती आदि । प्रमुख तरकारी बाली – काउली, केराउ, सिमी, काँक्रो, फर्सी, गाँजर, चम्सुर, पालुङ्गो, लसून, बन्दाकोभी, गोलभेडा आदि । प्रमुख जडीबुटी – जटामसी, सुगन्धवाला, सुगन्धकाकिला, सिलाजित, भुईझ्याउ, सर्पगन्धा, यार्सागुम्बा, पाँचऔले, चिराइतो, कुड्की, मजिठो, पदमचाल, बोझो आदि ।
धार्मिक तथा पर्यटकीय क्षेत्रहरू : प्रमुख जात्रा – मनी रिम्डु, लाखे जात्रा, भुमेनाच आदि । प्रमुख हिमाल, गुफा तथा पर्वतहरू । पिके डाँडा, रातनाङ्गे, क्याम्जे डाँडा, सिलगुडी डाँडा, साङ्गीफुक, नुम्बुर हिमाल, दुधकुण्ड पत्ताले डाँडा, झाप्रे आदि । मन्दिरहरु – तामाखानी स्थित ज्वालामाई मन्दिर, सानो दुधकुण्ड तथा ठूलो दुधकुण्ड, गुप्तकाली, चांगेस्थान, बालाथान आदि ।
प्रमुख पर्यटकीय स्थल : रातनाङ्गे डाँडा, चिवाङ गुम्बा, फाप्लु स्थित सानो दुधकुण्ड मन्दिर, तामाखानी स्थित ज्वालामाई मन्दिर, गुप्तकाली मन्दिर, ग्याम डाँडा, थुप्तेन छोलिङ्ग, जुनवेशी, च्याल्सा, फुगमोछे गुम्बा, संगीफुक, झाप्रे, पत्ताले डाँडा, पि.के डाँडा, गौरी टाँप आदि । स्रोत सोलुदुधकुण्ड नगरपालिका



