भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

सरकार जुनसुकै दवाव आएपनि नक्कली भूटानी शरणार्थी प्रकरणको विषयमा पछि गृहमन्त्री श्रेष्ठको उद्घोष

सरकार जुनसुकै दवाव आएपनि नक्कली भूटानी शरणार्थी प्रकरणको विषयमा पछि गृहमन्त्री श्रेष्ठको उद्घोष

काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनै पनि दबाबमा पछि नहट्ने उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणको विषयमा सरकार जुनसुकै दवाव आएपनि पछि नहट्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका हुन ।

यस प्रकरणमा नेपाल प्रहरीलाई कसैको पनि दबाबमा नपरिकन काम गर्न निर्देशन दिइएको बताउँदै अहिले प्रहरीले निष्पक्षरूपमा काम गरिरहेको जानकारी गराए । बैठकमा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका समिति सदस्य विश्वप्रकाश शर्माले नक्कली भूटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग गरे ।

उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धानको प्रक्रिया कहाँसम्म पुर्‍याएको हो भन्ने जवाफ दिनुपर्ने बताए ।
नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले राहदानी विभाग, यातायात कार्यालय लगायत ड्राइभिङ लाइसेन्स लिने ठाउँ, मालपोत कार्यालयलाई व्यवस्थित बनाउन माग गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइन नहुने बताए । समितिले निस्कर्ष निकालेका विषयलाई तोडमोड गर्नु नहुने उनले तर्क गरे । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगनकुमार थापाले समिति सञ्चालनका लागि आचारसंहिता बनाउन सुझाव दिनुभयो ।

नेकपा एमालेका सांसद रघुजी पन्तले समितिको कामलाई योजनावद्ध ढंगले गर्न जरुरी रहेको बताए । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानले पुर्‍याउने बाटोसम्म सरकार पुगेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.