भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकार बनाउने एमालेको प्रस्ताव माओवादी र नेकपा एसद्वारा अस्वीकार

सरकार बनाउने एमालेको प्रस्ताव माओवादी र नेकपा एसद्वारा अस्वीकार

काठमाडौं । मतपरिणाम पूर्ण रूपमा नआउँदै दलहरुले सरकार बनाउने प्रयास गरिरहेका छन् । नेकपा एमालेले माओवादी केन्द्र र नेकपा एस मिलेर सरकार गठन गर्ने प्रस्ताव राखेपछि त्यो सम्भव नभएको नेकपा माओवानी केन्द्रले जनाएको छ ।

‘यथास्थितिमा त्यो सम्भव नभएको’ निष्कर्षमा माओवादी र एकीकृत समाजवादी पुगेका छन् ।गत ८ मंसिरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोनमार्फत ‘ मिलेर अघि बढ्ने प्रस्ताव राखेका थिए । ओली प्रधानमन्त्री रहेको बेला संविधानविपरीत दुई दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि माओवादी र एकीकृत समाजवादी टाढिए देखि ओलीलाई प्रतिगमनकारी भन्दै आएका छन् ।

त्यसैले पनि यो प्रस्ताव स्वीकार्य नहुने भन्दै प्रचण्डले ठाडो जवाफ दिएका हुन । सोही कारण सहकार्य नगर्ने पक्षमा उनीहरु रहेका छन् । यता एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले ‘तत्काल वाम गठबन्धन सरकार बन्ने’ सम्भावना नरहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.