भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सरकारकै संरक्षणमा गुण्डागर्दी चलिरहेको छः अध्यक्ष ओली

सरकारकै संरक्षणमा गुण्डागर्दी चलिरहेको छः अध्यक्ष ओली

काठमाडौं । वर्तमान सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी चलिरहेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।

प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा देउवा नेतृत्वको सरकारले गुण्डागर्दी गरेको पूर्व प्रधानमन्त्री ओलीले बताए ।

त्यस गुण्डागर्दीको प्रतिवादमा उत्रन अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । अनेरास्ववियूको नयाँ नेतृत्वको सपथग्रहणका लागि मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताले भयरहित ढंगले जीवनयापन गर्न चाहेको उल्लेख गरे ।

सरकारले जनतालाई दुःख दिने काम मात्रै गरेकाले आपत्ति जनाए । लोकतन्त्रमा केही मानिसहरू शासनमा पुग्ने प्रणाली मात्रै नभएको तर्क गरे । ओलीले भने, ‘यो जनतालाई छकाउने प्रणाली होइन, जनतालाई सेवा गर्ने, जनताको अधिकारको सुरक्षा गर्ने प्रणाली हो ।’

 


Thali Mobile Pvt.Ltd.