सरकारले एउटा पनि काम नराम्रो गरेको छैन–मन्त्री बाँस्कोटा

सरकारले एउटा पनि काम नराम्रो गरेको छैन–मन्त्री बाँस्कोटा

काठमाडौँ । नेकपा नेतृत्वको वर्तमान सरकार पूर्ण सफल भएको भन्दै सरकारले कुनै पनि काम नराम्रो नगरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् । वर्तमान सरकारले जनताको पक्षमा देखिने गरी काम गरेको दावी गर्दै उनले

विगतमा मुर्छित् अवस्थामा रहेका सपना बिउँझाएको बताए। सरकारको काम कारवाहीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्बोधन गर्ने र जनतालाई जानकारी दिने बाँस्कोटाले बताए ।

विधिको शासन बलियो भएको, भ्रष्टाचार घटेको, शान्ति सुरक्षाको अवस्थामा उल्लेख्य सुधार आएको तथा ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सङ्कल्पको नजितासमेत देखिन थालेको दावी गर्दै मन्त्री बाँस्कोटाले जनताको जीवनस्तरमा सुधार आएको बताए।

 


Thali Mobile Pvt.Ltd.