भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

सरकारले तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन स्वीकृति दियो

सरकारले तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन स्वीकृति दियो

काठमाण्डौ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले तिलगङ्गालाई मानक विश्वविद्यालय बनाउने स्वीकृति पूदान गरेको छ । सरकारले तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन स्वीकृति दिएको हो ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिको सदस्य पदमा प्राध्यापक श्रीराम रामकृष्ण, संगीता सिंह, प्राध्यापक पुष्करमान बज्राचार्य, प्राध्यापक सुजान फ्राटियार, प्राध्यापक नामपेर, प्राध्यापक सुर्दशनराज तिवारी, पदम ज्योति, लोचन ज्ञवाली, डा. सन्दुक रुईत र भानुप्रसाद आचार्यलाई मनोनयन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि झन्डै एक सय ८३ दशमलव ८० रोपनी जग्गा प्राप्त गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.