भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

‘सरकारले दियाे जायजेथा जफत गर्ने ३५ दिने अल्टिमेटम’

‘सरकारले दियाे जायजेथा जफत गर्ने ३५ दिने अल्टिमेटम’

काठमाडौं । राजस्व रकम नबुझाउने पाँचतारे होटल, रिसोर्ट र निर्माणसँग सम्बन्धित १ सय २३ कम्पनी तथा व्यक्तिलाई रकम बुझाउन सरकारले ३५ दिने अल्टिमेटम दिएको छ ।

लामो समयदेखि अटेरी गरी बक्यौता रकम तिर्न बाँकी रहेका कम्पनी÷फार्म तथा व्यक्तिको नामावलीसहित तीनपुस्ते विवरण सार्वजनिक गर्दै ३५ दिने अल्टिमेटम दिएको हो । सरकारले तोकेको अवधिभित्र रकम नबुझाए कम्पनीको सम्पूर्ण जायजेथा जफत गर्ने चेतावनी दिएको छ ।

राजस्व रकम नबुझाए सम्पत्ति जफत गरी लिलामीको प्रक्रियामा लैजाने बताइएको छ । अल्टिमेटम दिइएकाहरूमा नाम चलेका ठूला पाँचतारे होटल, रिसोर्ट, क्यासिनो, मिनी क्यासिनो, पूर्व सांसद्, ठेकेदार कम्पनीलगायत साना फार्मसमेत रहेका छन् ।

धेरै बक्यौता रकम सोल्टी होटल, अन्नपूर्ण होटल, हायत रिजेन्सी र एभरेस्ट होटलमा क्यासिनो सञ्चालन गरेको नेपाल रिक्रिएसन सेन्टरले अहिलेसम्म सरकारलाई ७३ करोड ६० लाख १ हजार ४ सय ६५ रुपैयाँ बक्यौता तथा त्यसको ब्याजसमेत तिर्न बाँकी रहेको महालेखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.