भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

सरकारले ५ महिनापछि बल्ल पूर्णता पायो, मन्त्रीको शपथ आज

सरकारले ५ महिनापछि बल्ल पूर्णता पायो, मन्त्रीको शपथ आज

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारले ५ महिनापछि बल्ल पूर्णता पाएको छ । नवनियुक्त एक मन्त्री र एक राज्य मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का वीरेन्द्रप्रसाद महतोले वन तथा वातावरण मन्त्री र प्रमिला कुमारीले शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्रीको शपथ लिन लागेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शपथ ग्रहण बिहान १० बजे शीतल निवासमा गराइने कार्यक्रम छ । संविधानको धारा ७६ को उपधारा (९०) बमोजिम प्रधानमन्त्रीको सिफारिसको आधारमा मंगलबार राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेका हुन ।

११ औँ पटकको विस्तारसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । सरकारमा २२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त भएका छन् । गत पुस १० मा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन ।

 


Thali Mobile Pvt.Ltd.