भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

सरकारी अधिकारीले लिबियामा बाढीका कारण २० हजार जनाको ज्यान गएकोको अनुमान

सरकारी अधिकारीले लिबियामा बाढीका कारण २० हजार जनाको ज्यान गएकोको अनुमान

एजेन्सी । सरकारी अधिकारीले लिबियामा बाढीका कारण २० हजार जनाको ज्यान गएको आशङ्का गरेका छन् । अहिलेसम्म पाँच हजार पाँच सय जनाको शव भेटिएको छ । लिबियाको डेर्ना सहरका मेयरले अचानक आएको बाढीका कारण झन्डै २० हजार जना मानिसको ज्यान गएको अनुमान गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।

मानिसहरू सुतिरहेको समयमा सुनामी जस्तै गरेर ठूलो बाढी आएको थियो । धेरै शव अझै पनि भग्नावशेषमुनि वा समुद्रमा पुरिएका छन् । यसका कारण रोग सर्ने जोखिम बढेको छ । यसैबीच लिबियाका धेरै छिमेकीले उद्धार टोली र मानवीय सहायता सामग्री पठाउन थालेका छन् ।

लिबियाका बाढी पीडितलाई सघाउन संयुक्त राष्ट्र सङ्घले तत्काल एक करोड अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ । गएको आइतवार आएको विनाशकारी बाढीले देशको पूर्वी क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।

बन्दरगाह सहर डेर्नाका मेयरले साउदी न्युज च्यानल अल–अरेबियालाई दुई वटा बाँध भत्किएर आएको बाढीमा झन्डै १८ देखि २० हजार मानिसको ज्यान गएको अनुमान गरेको बताउनुभएको खबरमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.