भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी | दसैँको टीकाको साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा | फ्रान्समा विद्यार्थी आन्दोलन उग्र बन्दै, हजारौँ पक्राउपछि अभिभावक र मजदुर पनि सडकमा | दसैँअघि नै मालढुङ्गा पुल सञ्चालनमा ल्याउने तयारी, २४सै घण्टा मर्मत | भोटेकोशी बाढीपीडितका लागि गैरसरकारी संस्था र पालिकासँग मिलेर अस्थायी आवास बनाइने |

सरकारी बस चलाउने रूकुमकाे पहिलो नगरपालिका

सरकारी बस चलाउने रूकुमकाे पहिलो नगरपालिका

रुकुममा नगर बस संचालन गरेर चौरजहारी नगरपालिका पहिलो स्थानीय तह बनेको छ । नगरपालिकाले एक नीजि यातायात कम्पनि संग साझेदारी गरेर बस संचालन गरेको हाे ।

दुरदराजमा रहेका नागरिकलाई सहुलियतमा भरपर्दो यातायात सेवा दिने उदेश्यले नगर बस संचालनमा ल्याएको र नगर बसले अन्य सवारी साधनको भन्दा सहुलियतमा सेवा दिने नगरपालिकाले जनाएकाे छ । नगरपालिकाले ३ वटा बस खरिद गरेको छ ।

नगर भित्रका चौरजहारी उपत्यका सहित विभिन्न सडक खण्डमा दैनिक संचालन हुने भन्दै सहुलियत भाडा दरमा अपाङ्गता भएका, जेष्ठ नागरिक, विद्यार्थीहरुलाई भने छुटको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ । छ । यस्तै ५ वर्षमुनिका बालबालिका तथा ८० बर्ष माथिका जेष्ठनागरिकलाई नि:शुल्क सेवा प्रदान गरिनेछ ।

 


Thali Mobile Pvt.Ltd.