भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

सवारी दुर्घटना हुँदा मेक्सिकोमा २६ जनाको मृत्यु

सवारी दुर्घटना हुँदा मेक्सिकोमा २६ जनाको मृत्यु

एजेन्सी । सवारी दुर्घटना हुँदा मेक्सिकोमा २६ जनाको मृत्यु भएको छ । आइतबार उत्तरी राज्य तमौलिपासस्थित ज्वलंत राजमार्गमा एउटा यात्रुवाहक भ्यान र मालवाहक ट्रक ठोक्किँदा २६ जनाको मृत्यु भएको हो । चालकले ट्रेलरबाट छुटाएर भागेको हुन सक्ने प्रहरीको अनुमान छ ।

उक्त राज्यको राजधानी सियुदाद भिक्टोरिया नजिकको राजमार्गमा दुर्घटना भएको हो । भ्यानमा परिवारका सदस्यहरू घुमघामका लागि निस्किएका थिए । फेला परेका कागजातअनुसार उनीहरू मेक्सिको नजिकैको सहरका बासिन्दा रहेको खुलेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको मेक्सिको प्रहरीले जनाएको छ ।

ट्रक र भ्यान ठोक्किँदा आगो लागेर २६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । मालबहाक ट्रेलरलाई तान्ने अगाडिको भाग भने दुर्घटनास्थलमा नभेटिएको जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.