भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

सांसद सुवालको प्रश्न : भ्रष्टाचार बढ्नुमा दोषी प्रधानमन्त्री वा लोकसेवाका कर्मचारी ?

सांसद सुवालको प्रश्न : भ्रष्टाचार बढ्नुमा दोषी प्रधानमन्त्री वा लोकसेवाका कर्मचारी ?

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव एवंम प्रतिनिधि सभा सदस्य प्रेम सुवालले विद्यार्थीहरु लागूपदार्थ दुव्यर्सनको सिकार बन्नुमा जिम्मेवार लोक सेवाबाट उतीर्ण कर्मचारी हुन वा मन्त्री तथा प्रधानमन्त्री भन्दै प्रश्न गरेका छन् ।
आइतबार लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथिको छलफलमा भाग लिदै सांसद सुवालले विद्यार्थीहरु लागूपदार्थ दुव्यर्सनको सिकारहुनुमा जिम्मेवार को हो भन्दै प्रश्न गरेका हुन ।

सांसद सुवालले लागू पदार्थको उच्च जोखिममा अहिले विद्यार्थीहरु रहेको बताए । उनले सरुवामै १५ लाख वार्गेनिङ गर्ने मन्त्री कि सचिव हो भन्दै प्रश्न समेत गरे । यस्ता विषयहरु सार्वजनिक महत्वका विषयहरु हुने भएकाले जनताले थाहा पाउनु पर्ने गरे । सांसद सुवालले सार्वजनिक प्रशासन सभ्य र सुसंस्कृत नभएको आरोप लगाउदै विद्येयकको प्रतावनामै सार्वजनिक प्रशासनबारे उल्लेख गर्नुपर्ने बताए ।

उनले संघीय सेवामा देश भरीका नागरिकलाई प्रदेश दिने, प्रदेश सेवामा प्रदेश भरिका नागरिकलाई प्रवेश दिने र स्थानीय तहमा स्थानीय पालिका भित्रका नागरिकालाई प्रवेश दिने व्यवस्था गर्न माग गरे । तर अहिले पूर्वको कर्मचारी पश्चिम पटठाउदा तलव नपुग्ने तर्क गरे ।

सांसद सुवालले प्रधानमन्त्री,मन्त्री र सार्वजनिक प्रशासनका कर्मचारीबीच वेला–वेला मतभेद आइरहने हुनाले मतभेद हटाउन सरकार परिवर्तन भएसंगै मन्त्रालय र मातहतका मुख्य–मुख्य कर्मचारीहरु प्नि परिवर्तन हुने कानूनी वन्दोवस्त गर्नु बताए ।

देशमा भ्रष्टाचार बढिरहेकाले भ्रष्टाचार बढ्नुमा लोक सेवाको परीक्षा नमिलेको हो कि भन्दै माथिल्लो तहका कर्मचारीहरु सम्भ्रान्त वर्गको रुपमा विकास हुने र तल्लो तहका कर्मचारीहरु मजदुर जस्तो हुने व्यवस्थाको अन्त्य हुनुपर्ने बताउदै मासिक पारिश्रमिक पाउने जो कोहीलाई बैठक भत्ता नदिने व्यवस्था गर्नु पर्ने तर्क गरे । भिडियाे…….

 


Thali Mobile Pvt.Ltd.