भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सांसदलाई कारबाही गर्ने तयारीमा प्रधानमन्त्री

सांसदलाई कारबाही गर्ने तयारीमा प्रधानमन्त्री

काठमाडौं । एमालेले संसदीय दलको बैठकमा अनुपस्थित हुने सांसदलाई कारबाही गर्ने चेतावनी प्रधानमन्त्री केपी ओलीले दिएका छन् ।

तर नेताहरू खनाल–नेपाल पक्षले संसदीय दलको बैठक बहिष्कार गरेको थियो । खनाल–नेपाल समूहले बुधबार र बिहीबार छुट्टै राष्ट्रिय कार्यकर्ता भेला गरेको छ । भेलामा सहभागी भएर दलको बैठकमा अनुपस्थित सांसदलाई आत्मालोचना गर्दै पार्टी काममा सहभागी हुन बैठकले निर्देशन दिएको छ । गुटगत भेला नगर्न र पार्टीबाहेकको निर्देशन नमान्न पनि बैठकले निर्देशन दिएको एक सांसदले बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले दलको बैठक छाडेर गुटको भेलामा सहभागी हुने सांसदलाई कारबाही गर्ने बताएका थिए । पार्टीको महत्वपूर्ण बैठकमा नआउने सांसदलाई पार्टी विधान र कानुनबमोजिम गर्ने उनको भनाइ थियो । बैठकमा सहभागी ओली पक्षकी सांसद रेखाकुमारी झाले भनिन्, ‘एकातिर पार्टीको सांसद हुँ भन्ने अर्कोतिर अध्यक्षले बोलाउँदा पनि दलको यस्तो महत्वपूर्ण बैठकमा उपस्थित नहुने भन्दै त्यस्ता सांसदलाई कानुनबमोजिम स्पष्टीकरण सोधिने प्रधानमन्त्रीले बताएकाे बताइन् ।

 


Thali Mobile Pvt.Ltd.