भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सांसदलाई कारबाही गर्ने तयारीमा प्रधानमन्त्री

सांसदलाई कारबाही गर्ने तयारीमा प्रधानमन्त्री

काठमाडौं । एमालेले संसदीय दलको बैठकमा अनुपस्थित हुने सांसदलाई कारबाही गर्ने चेतावनी प्रधानमन्त्री केपी ओलीले दिएका छन् ।

तर नेताहरू खनाल–नेपाल पक्षले संसदीय दलको बैठक बहिष्कार गरेको थियो । खनाल–नेपाल समूहले बुधबार र बिहीबार छुट्टै राष्ट्रिय कार्यकर्ता भेला गरेको छ । भेलामा सहभागी भएर दलको बैठकमा अनुपस्थित सांसदलाई आत्मालोचना गर्दै पार्टी काममा सहभागी हुन बैठकले निर्देशन दिएको छ । गुटगत भेला नगर्न र पार्टीबाहेकको निर्देशन नमान्न पनि बैठकले निर्देशन दिएको एक सांसदले बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले दलको बैठक छाडेर गुटको भेलामा सहभागी हुने सांसदलाई कारबाही गर्ने बताएका थिए । पार्टीको महत्वपूर्ण बैठकमा नआउने सांसदलाई पार्टी विधान र कानुनबमोजिम गर्ने उनको भनाइ थियो । बैठकमा सहभागी ओली पक्षकी सांसद रेखाकुमारी झाले भनिन्, ‘एकातिर पार्टीको सांसद हुँ भन्ने अर्कोतिर अध्यक्षले बोलाउँदा पनि दलको यस्तो महत्वपूर्ण बैठकमा उपस्थित नहुने भन्दै त्यस्ता सांसदलाई कानुनबमोजिम स्पष्टीकरण सोधिने प्रधानमन्त्रीले बताएकाे बताइन् ।

 


Thali Mobile Pvt.Ltd.