भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीको छैटौँ दिन पनि १० हजार ३४१ जना बेपत्ता, ७८१ शव फेला | भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम |

साइक्लिङमा भक्तपुरलाई चिनाउन कोरा च्यालेन्ज आयोजना

साइक्लिङमा भक्तपुरलाई चिनाउन कोरा च्यालेन्ज आयोजना

भक्तपुर । यही असार ३२ गते साइकल कनेक्ट भक्तपुरले कोरा च्यालेन्ज गर्ने भएको छ । भक्तपुरमा साइकल संस्कृतिको विकास गर्ने र भक्तपुर जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसावले साइक्लिङको उत्कृष्ट गन्तव्य बनाउने उदेश्यले कोरा च्यालेन्ज भक्तपुरमा गर्न लागिएको हो । कोराले साइक्लिङका लागि ५०, ७५ र १०० किलोमिटरको रुट तयार पारेएको साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाले बताए ।

असार ३२ गते भक्तपुरको दरबार स्क्वायरबाट सुरु हुने कोरा च्यालेन्ज भक्तपुर नगरपालिकाको सिद्धपोरी, निकोसेरा, मध्यपुर थिमीको बाहख बजार,निलबाराही,चाँगुनारायणको दुवाकोट,चाँगुनारायण,त्रिसुलडाडा, तेलकोट मुहान पोखरी,बागेहीटी, महामञ्जुश्री, खावा, नाला गुम्बा, सांगा र अरनिको राजमार्ग हँदै ५० किलो मिटरको रुट तय गरिएको अध्यक्ष बालाले जानकारी दिए ।

त्यसैगरी तेलकोट,नगरकोट टावर,कलमसी, कल्पेश्वर महादेव,खावा हुँदै सांगा, रानीकोट हुदै भक्तपुर पुग्ने ७५ किलोमिटरको दुरी तय गरिएको छ । भंगेरी डाडा,चरेली, खावा नाला गुम्बा, सागा, आशापुरी, रानीकोट, घ्याम्पे डाडा हुँदै भक्तपुर पुग्ने रुट तय भएको अध्यक्ष बालाको भनाई छ ।

साइकलका पारखीहरुलाई महत्वपूर्ण मानिने यो रुट शाहसीहरुका लागि उत्कृष्ट मानिन्छ । उक्त कोरा च्यालेन्जमा सहभागि हुन एक सय भन्दा बढीले नाम दर्ता गरिसकेको अध्यक्ष बालाले जानकारी दिए । उनले रेडक्रससंग प्राथमिकत उपचार,जेसीस,लियोलगायतका संस्थाहरुसंग स्वयमसेवक परिचालनका लागि सहकार्य भइरहेको जानकारी दिए ।

सन् २०११ मा काठमाडौँबाट सुरु भई नेपालसहित सिंगापुर, भारत, अस्ट्रेलिया, स्विट्जरल्याण्ड, हङकङलगायतका देशमाहरुमा समेत कोरा साइक्लिङ च्यालेन्ज भइसकेको छ । साइकलप्रेमीहरूको महामेला कोरा साइक्लिङ च्यालेन्जको दौरान भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्यको रूपमा प्रवर्द्धन गर्न सकिने अध्यक्ष बालाको दाबी रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.