भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

साउदी राजदूतलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोलायो

साउदी राजदूतलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोलायो

काठमाडौं । साउदी राजदूतलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोलाएको छ । शैक्षिक प्रमाणपत्र वैदेशिक रोजगारीमा जाने कामदारका लागि अनिवार्य गरिएकोबारेको बारे बुझ्न मन्त्रालयले साउदी राजदूत साद अबुहैमेदलाई बोलाएको हो । दूतावासको उक्त निर्णयप्रति नेपालमा चर्को विरोध भइरहेको छ । व्यवसायीहरूले श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

दुवै मन्त्रालयले कुटनीतिक पहलबाट उक्त निर्णय कार्यान्वयन नगराउन प्रयत्न थालेका छन् । उक्त निर्णयबारे बुझ्न राजदूतलाई बोलाइएको मन्त्रालय स्रोतले जनाएको छ । नेपालस्थित साउदी दूतावासले १२ जुनदेखि भिसा प्रयोजनको लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ । भिसाबारे जानकारी सहज हुने भन्दै दूतावासले शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.