भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सात वर्षीय बालिका गुफा भित्र मृत, बलात्कारपछि हत्या आशंका

सात वर्षीय बालिका गुफा भित्र मृत, बलात्कारपछि हत्या आशंका

भोजपुर । शुक्रबारदेखि हराएकी ७ वर्षीय बालिका शनिबार गुफा भित्र मृत फेला परेकी छन् । आमचोक गाउँपालिका–६, थुन्कीका देवचन्द्र राईकी छोरी आकृतिको शव शनिबार गुफा भित्र फेला परेको हो ।

घरभन्दा साढे एक किलोमिटर टाढा टेङलुङछुकस्थित जंगलको गुफामा बालिका मृत फेला परेको प्रहरीले जनाएको छ । कम्मरमुनीको कपडा खोलिएको अवस्थामा गुफाको पानीमुनि शव फेला परेको र बलात्कारपछि हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

बालिका हराएको सूचना पाएपछि प्रहरीले शुक्रबार राति ११ बजे सोही ठाउँका दिपचन्द्र राईलाई पक्राउ गरेको छ । उनकै बयानका आधारमा आज बिहान बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ । घटना को थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.