भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सात वर्षीय बालिका गुफा भित्र मृत, बलात्कारपछि हत्या आशंका

सात वर्षीय बालिका गुफा भित्र मृत, बलात्कारपछि हत्या आशंका

भोजपुर । शुक्रबारदेखि हराएकी ७ वर्षीय बालिका शनिबार गुफा भित्र मृत फेला परेकी छन् । आमचोक गाउँपालिका–६, थुन्कीका देवचन्द्र राईकी छोरी आकृतिको शव शनिबार गुफा भित्र फेला परेको हो ।

घरभन्दा साढे एक किलोमिटर टाढा टेङलुङछुकस्थित जंगलको गुफामा बालिका मृत फेला परेको प्रहरीले जनाएको छ । कम्मरमुनीको कपडा खोलिएको अवस्थामा गुफाको पानीमुनि शव फेला परेको र बलात्कारपछि हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

बालिका हराएको सूचना पाएपछि प्रहरीले शुक्रबार राति ११ बजे सोही ठाउँका दिपचन्द्र राईलाई पक्राउ गरेको छ । उनकै बयानका आधारमा आज बिहान बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ । घटना को थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.