भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न, ८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी | पटक-पटक बन्द भएको जुट मिल्स अब निजी लगानीमा चलाउने सरकारको योजना | तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन |

सामुदायिक विकास कोषको रकम भक्तपुर नगरपालिकालाई हस्तान्तरण 

सामुदायिक विकास कोषको रकम भक्तपुर नगरपालिकालाई हस्तान्तरण 
भक्तपुर । लोकेश्वर बचत तथा ऋण संस्था लि., ख्वप बचत तथा ऋण सहकारी संस्था लि. र झिगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. ले सामुदायिक विकास कोषको ५० प्रतिशत रकम भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ । उक्त रकम सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारीले विहिबार नगर प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गरेका हुन ।
सोही क्रममा भक्तपुर नपालाई सहकारी संस्थाहरुले सामुदायिक विकास कोषको निश्चित रकम बुझाएकोमा सबैलाई धन्यवादज्ञापन गर्दै संकलित रकम जनताको हितमा प्रयोग गरिने प्रमुख प्रजापतिले बताउनुभयो । भक्तपुर नगरपालिकालाई रकम हस्तान्तरण गर्नेमा लोकेश्वर बचत तथा ऋण संस्था लि.ले रु ९१ हजार ५००, ख्वप बचत तथा ऋण सहकारी संस्था लि.ले रु.९ हजार ९८४ र झिगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. ले रु. ८६ हजार ८२४ रकम हस्तान्तरण गरेका हुन ।
जनताको स्वास्थ्य सेवाको लागि सहयोग गर्ने उद्देश्यले भनपाको निर्णयअनुसार सहकारी संस्थाहरुमा जम्मा भएको सामुदायिक विकास कोषको ५० प्रतिशत रकम भक्तपुर नगरपालिकाको नेपाल बैंक लि. कमलविनायक शाखाको खाता नं. ०१९०३०००००१००१०००००३ मा जम्मा गर्न यसअघि भक्तपुर नगरपालिकाले अनुरोध गरेको थियो ।भक्तपुर नगरबासीहरुको लागि ख्वप अस्पतालबाट निःशुल्क अक्सिजन र रगत वितरण भइरहेको छ ।
साथै विपन्न नागरिकहरुको पनि निःशुल्क उपचारको व्यवस्था छ । त्यसलाई निरन्तरता दिन भक्तपुर नपाले सहकारी संस्थाको सामुदायिक विकास कोषलाई समुदायकै हितमा प्रयोग गर्ने उद्देश्यले पटक–पटक सहकारी पदाधिकारीहरुको बैठक पछि उक्त निर्णय गरिएको छ । सहकारी संस्थाका प्रतिनिधिहरुले आफूहरुले बुझाएको रकम जनताको हितमा प्रयोग हुने आशा व्यक्त गर्दै भक्तपुर नपाले स्वास्थ्य सेवामा पु¥याइरहेको योगदानप्रति खुशी व्यक्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.