भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

साम्राज्यवादका विरूद्ध निरन्तर आवाज उठाउने पत्रिका ‘श्रमिक’ र ‘मजदुर’ नै हुन्ः सुनिल प्रजापति

साम्राज्यवादका विरूद्ध निरन्तर आवाज उठाउने पत्रिका ‘श्रमिक’ र ‘मजदुर’ नै हुन्ः सुनिल प्रजापति

विस्तारवाद र साम्राज्यवादको विरूद्ध निरन्तर आवाज उठाउने नेपालमा कुनै पत्रिका छन् भने ‘श्रमिक’ र ‘मजदुर’ नै हुन् । विज्ञान र प्रविधिले ‘श्रमिक’ र ‘मजदुर’लाई नेपालमा मात्र होइन विश्वको कुनै पनि ठाउँमा बसेर अध्ययन गर्न सक्ने बनाएको छ । आज ‘श्रमिक’ र ‘मजदुर’ विस्तारवाद र साम्राज्यवादविरोधी झन्डाकै रूपमा पहिचान बनेको छ ।

प्रतिगमनविरोधी आन्दोलनको बेला ‘श्रमिक’ र ‘मजदुर’ ले प्रतिक्रियावादीहरू विरूद्धको पर्चा र आन्दोलनलाई अगाडि बढाउने राँकोको काम गरे । सात दलका नेताहरूका मुख–मुखमा झुन्डिएका पत्रिका थिए ‘श्रमिक’ र ‘मजदुर’ । अहिलेको शान्तिपूर्ण अवस्थामा प्रतिक्रियावादीहरूका कुकृत्य जनतामाझ प्रस्ट पार्ने काम यी पत्रिकाले गर्दै छन् ।

समाज वर्गीय भएजस्तै पत्रिका पनि वर्गीय हुनेगर्छ । पुँजीपति वर्गको सेवामा ठूला आकारका थुप्रै पत्रिकाहरू प्रकाशित हुन्छन् । ‘कान्तिपुर’, ‘नयाँ पत्रिका’, ‘नागरिक’, ‘समाचारपत्र’ आदि पत्रिकाहरूले पुँजीपति वर्गको प्रतिनिधित्व गर्छन् । ती पत्रिकाहरूले कामदार वर्गको पक्षमा एक शब्द बोल्दैनन् । बरू मजदुर आन्दोलनलाई दबाउन हरतरह कोसिस गर्छन् ।

पुँजीवादी व्यवस्थामा ठूला आकारका पत्रिका र रेडियो, टीभीजस्ता सञ्चार माध्यमहरू अर्बपति र खर्बपतिहरूको लगानीमा सञ्चालन भइरहेका हुन्छन् । तिनीहरू प्रेस र स्वतन्त्रताको चर्को वकालत गर्छन् र पुँजीपति वर्गको पक्षमा प्रचार–प्रसार गर्छन् । कामदार वर्गको पक्षमा भएको आन्दोलनलाई दबाउने सरकारको नीतिलाई न्यायपूर्ण ठह¥याउन कोसिस गर्छन् ।

त्यसैले पत्रिका वर्ग दुश्मनलाई घाइते बनाउने आक्रामक हतियार हो, र एक प्रकारको सेना हो । संविधानसभामा ३ प्रतिशत मतसीमा (थ्रेस होल्ड) को कुरा उठ्दा नेमकिपाले त्यसको निरन्तर विरोध ग¥यो तर ठूला पत्रिका, राज्य सञ्चालित सबैखाले सञ्चारमाध्यमको प्रयोग गरी मतसीमाबारे जनतामा भ्रम सृजना गरियो ।

कम सङ्ख्या भएका दलहरूकै कारण पटक–पटक सरकार परिवर्तन भएको, त्यसको तमाम दोष ‘साना’ पार्टीहरूलाई लगाइयो र मतसीमा अत्यधिक बहुमतले पारित गरियो । अस्थिरताका कारण तीनै पुँजीवादी दलहरू हुन् भन्ने आज सावित भएको छ । तर संविधानको त्यो प्रावधान खारेज गर्न निकै लामो समय लाग्ने छ ।

नेपाल मजदुर किसान पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउन ३ प्रतिशत मतसीमा होइन आफ्नो ‘मुखपत्र’ प्रकाशित गर्नुपर्ने आवाज उठायो । तर हाम्रो आवाज तिनीहरूलाई दबाउन सक्ने खालको शक्तिशाली हुन सकेन । अहिले राष्ट्रिय पार्टी भनिएकाहरूको आफ्नो आधिकारिक मुखपत्रसमेत छैन ।

नेमकिपाका सबै गतिविधिहरू ‘श्रमिक’ र ‘मजदुर’ मा प्रकाशित भइरहने देखेका संसद्का एक कर्मचारीले भनेका थिए, “तपाईंहरूले संसद्मा बोलेका हरेक कुराको पार्टी कार्यालयमा रेकर्ड राख्ने गरेको छ भन्छन्, के सबै साँचो हो ।” हामीले संसद्मा पार्टी नीतिअनुसार बोल्छौ र छलफल भएर बोल्ने हुँदा पार्टीलाई सबै कुरा थाहा हुन्छ । हाम्रो कुरा सुनेर उनले भनेका थिए –“वास्तवमा पार्टी यस्तै हुनुपर्छ ।”

यसको अर्थ त्यहाँ भइरहेको गतिविधिहरू सांसदहरूको प्रस्तुति उनलाई चित्त बुझेको थिएन । पुँजीपति वर्गले आफ्ना उत्पादन बिकाउन विज्ञापनको लागि करोर्डौ खर्च गर्नुपर्ने हुन्छ । ती सबै आफ्नै पत्रिकामा दिने गर्छन् र कमसल सामान पनि जनताबीच राम्रो भएको भ्रम सृजना गरी व्यापार बढाउँछन् । उनीहरू आफ्नो एउटा गोजीको पैसा अर्कोमा राख्छन् र नाफा पनि अकुत कमाउँछन् ।

पत्रिका सेवा व्यवसाय भए पनि ठूला प्रकाशन गृहहरू ठूलो उद्योगको रूपमा अगाडि बढ्दै छन् । देशका नाम चलेका सञ्चार गृहहरू वर्षको करोडांै नाफामा चलाइरहेका छन् । कामदार वर्गका पत्रिकाका लागि पुँजीपति वर्गले विज्ञापन दिँदैन । विज्ञापनविना पत्रिका सञ्चालन सम्भव छैन । ‘श्रमिक’ र ‘मजदुर’ प्रकाशनबारे विभिन्न पार्टीका नेताहरूसंगको भेटमा सोध्ने गर्नुहुन्छ ।

हामीले निरन्तर प्रकाशित भएको कुरा सुनाउँदा खुसी हुन्छन् । यसको अर्थ हो आर्थिक पक्ष पनि पत्रिका सञ्चालनको महत्वपूर्ण पक्ष हुनेगर्छ । उहाँहरू आफूहरूले निरन्तरता दिन नसकेको स्वीकार गर्नुहुन्छ । पत्रिकाको निरन्तरता आफैमा चुनौतीपूर्ण काम हो । लेख लेख्नु, समयमा प्रकाशन गर्नु, समयमै ग्राहकहरूको हात–हातमा पु¥याउनु, आर्थिक व्यवस्था निकै नै चुनौतीपूर्ण कार्य हो ।

(श्रमिक साप्ताहिकको २८ र्औ, मजदुर दैनिको २३ औं र अनलाइन मदजुरको पाँचौं वार्षिकोत्सव कार्यक्रममा व्यक्त मन्तव्य)

 


Thali Mobile Pvt.Ltd.