भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

सार्वजनिक सवारीमा लगाइदै अएकाे जोरविजोर हट्यो (पूर्ण पाठ)

सार्वजनिक सवारीमा लगाइदै अएकाे जोरविजोर हट्यो (पूर्ण पाठ)

काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले सार्वजनिक सवारी साधनमा लगाइदै आएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको छ । बैठकले स्वास्थ्यका सबै मापदण्ड प्रयोग गरी सञ्चालन गर्ने गरी सार्वजनिक सवारी साधानमा लगाइँदै आएको जोरबिजोर प्रणाली हटाएको हो छ भने निजी सवारी साधान (दुई पाङ्ग्रेसहित) र ट्याक्सीमा जोरबिजोर प्रणाली कायमै रहने बताइएको छ ।

अत्यावश्यक तथा तोकिएका सवारीसाधानलाई यसअघि जारी आदेशानुशानुसार हुने तथा औषधि एवं स्वास्थ्य सामग्री बोकेका, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन (चालक सहचालक मात्र) मा जोरबिजोर प्रणाली लागू नहुने आदेशमा उल्लेख गरिएको छ ।

काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलद्वारा जारी आदेशमा सञ्चारमाध्यमका लागि सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधान, सरकारी र कूटनीतिक नियोगका सवारीसाधन सञ्चालन गर्न पाइने उल्लेख छ ।

यस्तो छ आदेशको पूर्णपाठ

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [3.54 MB]

 


Thali Mobile Pvt.Ltd.