भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सीमा शिल हुदा हुदै पनि जोगवनीमा किनमेल जारी

सीमा शिल हुदा हुदै पनि जोगवनीमा किनमेल जारी

विराटनगर । कोरोना महामारीका कारण सरकारले प्रदेश १ का अन्तर्राष्ट्रिय नाका काँकडभिट्टा र जोगवनी बन्द गरे पनि दसैंको किनमेल गर्न पारि ९भारत० जानेहरूको संख्या ह्वात्तै बढेको छ । तर, विराटनगरको जोगवनी र काँकडभिट्टाको मेची नाकाको मुख्य बाटो नभई चोरबाटोबाटै पारि गएर सामान किन्न उपभोक्ताको लर्को लाग्न थालेको हो ।

मुख्य नाका जोगवनी र आईसीपीबाट मानिसको आउजाउ नभए पनि छेउछाउको चोरबाटोबाट आवतजावत बाक्लो छ । मेचीपुलबाट आउजाउ बन्द भए पनि त्यसको दक्षिण र उत्तरबाट सुरक्षाकर्मीको आँखा छलेरै पारिबाट दसैंका लागि आवश्यक उपभोग्य वस्तु किनेर नेपाल आउनेको भीड थामिनसक्नु हुने गरेको छ । आईसीपी र रानीको बीचमा रहेको इस्लामपुर क्षेत्रबाट चोरबाटो हुँदै दैनिक ३ हजार बढी नेपाली जोगबनी बजार पुग्ने गरेका छन् । नाका सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

तर, प्रहरीकै सेटिङमा आउजाउ बढ्दै गएको हो । चोरबाटोबाट हुने खुला आउजाउले विराटनगरमा संक्रमणको जोखिम झन् उच्च बनाएको छ । काम विषेशले जानेभन्दा पनि जोगवनीमा सामान किन्न जानेहरूको लर्को लाग्ने गरेको छ । ठूलो संख्याका मानिस नेपालबाट इस्लामपुर नाका हुँदै जोगवनी सामान किन्न जाने गरेको स्थानीय एबुल हुसेनले बताए ।

 


Thali Mobile Pvt.Ltd.