भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

सीमाअतिक्रमणको विरोधमा नेमकिपाले ग¥यो नेपालगञ्जमा विरोध प्रदर्शन

सीमाअतिक्रमणको विरोधमा नेमकिपाले ग¥यो नेपालगञ्जमा विरोध प्रदर्शन

नेपालगञ्ज । नेपाली भूमि भारतले आफ्नो सीमाभित्र राखी नक्शा बनाएको विरोधमा नेपाल मजदुर किसान पार्टीले नेपालगञ्जमा विरोध प्रदर्शन गरेको छ । भारतीय विस्तारवाद मुर्दावाद, सीमा अतिक्रमण बन्द गर, लिम्पियाधुरा हाम्रै हो लगायतका नाराका साथ धम्वोजीचोकबाट जुलुस प्रदर्शन गर्दै पुष्पलाल चोकमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई बोल्दै नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपालको अस्तित्वमाथि धावा बोल्ने जनसुकै शक्तिविरुद्ध लड्न नेपाली जनता तयार भएको बताए । विभिन्न तथ्य तथा प्रमाणहरू हुँदाहुँदै कालापानीबाट भारतीय सेना हटाउन नेपाली कांग्रेस, एमाले, नेकपालगायत कुनै पनि नेतृत्वको सरकारले ठोस कदम चाल्न नसकेको भन्दै देशभक्त जनता एकजूट हुनुपर्ने धारणा व्यक्त गरे ।

कोणसभामा बोल्दै नेमकिपा, बाँकेका अध्यक्ष बखतबहादुर थापाले शासक पार्टीहरूकै अकर्मण्यताको कारण नेपाली भूमि अतिक्रम भइरहेको दाबी गरे । शासकहरूले जनतालाई अब ठग्न नसक्ने भन्दै उनले जनताको विजय सुनिश्चि भएको बताए । सभामा बोल्दै नेक्राविसंघका केन्द्रीय सदस्य सर्जु फसिकवले सम्मूर्ण देशभक्त जनता एकजूट भएर अघि बढ्न आग्रह गरे ।

 


Thali Mobile Pvt.Ltd.