भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक बस्दै, सभामुखको निर्वाचन माघ २ गते हुने

सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक बस्दै, सभामुखको निर्वाचन माघ २ गते हुने

सुदूरपश्चिम । तत्काल सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल देखिएको छ ।टीकापुर घटनाका बन्दी रिहाइ नभएसम्म आफूहरुले कसैलाई सरकार बनाउन सहयोग नगर्ने र सरकारमा समेत सहभागी नहुने नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले बताएका छन् ।

यस प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९ सदस्य रहेका छन् । माओवादी केन्द्रको ११, एमालेको दश, एकीकृत समाजवादीको चार, राप्रपा र स्वतन्त्र एक÷ एक जना रहेका छन् । सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्दछ । सजिलैसँग सबै दललाई बहुमत जुटाउन कठिन छ ।

नागरिक उन्मुक्तिले केन्द्र सरकार गठनमा समर्थन गरेपनि प्रदेशमा चुप लागेको छ ।कांग्रेस र नागरिक उन्मुक्तिबाहेक प्रदेशसभामा माओवादी, एमाले, राप्रपा मिल्दा २२ सदस्य मात्र पुग्छन् । चार सदस्य रहेको एकीकृत समाजवादीले सरकारमा जाने निर्णय अझै गरिसकेको छैन ।

समाजवादीले पनि सरकारमा जाने निर्णय गरेमा २६ सदस्य पुग्छन् । सरकार गठनमा अन्योल देखिँदा नागरिक उन्मुक्ति पार्टीका साथै डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका डा तारा जोशीलाई आआफ्नो पक्षमा पार्ने रणनीतिमा दलहरु देखिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.