भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

सुनसान विद्यालय, शिक्षक आन्दोलनमा

सुनसान विद्यालय, शिक्षक आन्दोलनमा

उदयपुर । प्रस्तावित शिक्षा विधेयक २०८० को विरोध जनाउँदै शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा छन् । शिक्षक आन्दोलनमा लागेपछि मुलुकभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । असोज ३ गतेदेखि पठनपाठन अनिश्चितकालका लागि ठप्प पारेकाले विद्यार्थीको बिल्लिबाठ भएको छ। अभिभावक तनावमा छन् ।

सामुदायिक विद्यालयका शिक्षकहरू अध्यापन ठप्प पारेर आन्दोलनमा उत्रिएपछि विद्यार्थी शिक्षाबाट बञ्चित भएका छन् । शिक्षक विद्यालय नआएपछि कोसी प्रदेशको उदयपुरका ४ सय ४९ वटा विद्यालय ठप्प छन् । त्यसबाट ६७ हजार ९ सय ३२ विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ।

आन्दोलनमा होमिन केन्द्रबाट सर्कुलर प्राप्त भएकाले विद्यालय बन्द गरिएको सदरमुकामस्थित त्रियुगा नमुना माध्यमिक विद्यालयका प्राचार्य सुवास बिष्टले बताए । शिक्षण पेसाप्रतिको आकर्षण र सम्मानमाथि मस्यौदाले नियोजित ढंगबाट प्रहार गरेकाले चरणबद्ध आन्दोलनमा होमिन बाध्य भएको शिक्षक महासंघका जिल्ला सचिव काशीराज कार्कीले बताए ।

बिहीबार छिटफुट रूपमा विद्यालय गएका विद्यार्थी गेटमा ताला लागेको देखेपछि घर फर्किएका थिए । शैक्षिक सत्र मध्यान्तरमा आएर विद्यालय बन्द हुँदा आफूहरू मर्कामा परेको उनीहरूको गुनासो छ।

शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत भवानी कट्टेलका अनुसार जिल्लाभरि निजी, पालिका र बालविकास केन्द्रका शिक्षकबाहेक सबै तहमा गरी २ हजार १ सय ४२ जना शिक्षक छन्। त्यसमध्ये ९ सय २ जना राहत र अनुदान कोटामा छन् । बाँकी १ हजार २ सय ४० जना सरकारी स्वीकृत दरबन्दीमा छन्।

 


Thali Mobile Pvt.Ltd.