काठमाडौं । होली पर्वको अवसरमा हुने सम्धावित घटनालाई मध्यनजर गर्दे काठमाडौं उपत्यकाको सुरक्षा व्यवूथा कडा पारिएको छ । रङको पर्व फागु अर्थात होलीलाई सभ्य बनाउन सुरक्षा व्यवस्था कडा पारिएकाे हाे । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम विस्तारै बन्द भएपनि सम्भािवत दुर्घटनाबाट जाेगिन सुरक्षाा व्यवस्था कडा पारिएकाे जनाइएकाे छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व विस्तारै रमाइलो पर्वको रुपमा मनाइदै लगिएकाे छ । नेपालमा हिमाली एंवम पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ एकआपसमा रङ दलेर याे पर्व मनाइन्छ । होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाण्डौ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । चोकचोकमा सुरक्षाकर्मी खटिएका छन् । होलीका नाममा अश्लिल, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले झण्डै चार हजार सुरक्षाकर्मी परिचालन गरेको जनाएकाे छ ।
