सूर्यविनायक नगरपालिका ११ औं नगरसभाले ल्याएको नीति तथा कार्यक्रम के छ ? (पूर्ण पाठ)

सूर्यविनायक नगरपालिका ११ औं नगरसभाले ल्याएको नीति तथा कार्यक्रम के छ ? (पूर्ण पाठ)

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७८ ०७९को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विहिबार ११ औं नगरसभाको उद्घाटन गरेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । ११ औं नगरसभाको उद्धघाटन एमाले पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा सांसद महेश बस्नेतले गरेका हुन् । उद्घाटन मन्तव्यमा संघीय साँसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका विकास र समृद्धिको लागि भर्जिन ल्याण्ड भएको दावी गरे ।

क्षेत्रफलको हिसावमा सानो जिल्ला भएपनि सवैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुरमा भएको बताए । भक्तपुरका जनप्रतिनिधिले गरेको विकासे अभियानले देशभर आकर्षण बढेको बताए । भक्तपुरमा सञ्चालनमा रहेका अधिकांश आयोजनाहरुको बजेट कटौती गरिएकोमा बस्नेतले खवरदारी जनाए । विगतको सरकारले करोडौंको बजेट छुट्याएकोमा वर्तमान सरकारले दुई लाख, चार लाख, पाँच लाख, छ लाखमा बजेट सिमित गरिदिएको टिप्पणी गरे ।

नगरसभामा नगरप्रमुख बासुदेव थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूर्वाधार विकासहरु सडक, शिक्षा, स्वास्थ्य, खेलमैदान, खानेपानी, ढल, बसपार्क लगायतका आयोजनाहरुलाई तिव्रताका साथ अघि बढाउन जोड दिइएको छ । पर्यटन प्रवद्धनमा जोड दिदै पर्यटकीय स्थालहरुको विकास गरेर नगरको आम्दानी स्रोतलाई व्यवस्थित गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । विभिन्न आयोजनालाई पूर्णता दिन हरसम्भव लागि पर्ने भन्दै नगरप्रमुख बासुदेव थापाले तीन वटै तहको सरकारसँग समन्वय गरी बजेट व्यवस्थापन गर्न संघिय साँसदलाई सुझाव दिए ।

नगरलाई धार्मिक तथा पर्यटकीय नगरको रुपमा विकास गरेर लैजाने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने, विकास निर्माण र सामाजिक उत्थानका कार्यक्रमलाई प्राथमिकता दिने, स्वास्थ्य, शिक्षा तथा अन्य सामाजीक क्षेत्रमा कार्यक्रम सञ्चालन र गुणस्तरीय सेवा प्रवाह गरी स्वास्थ्य, शिक्षीत, न्यायपूर्ण र गतिशिल समाज निर्माण गर्ने, सूर्यविनायक नगरपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्न नगरक्षेत्रभित्र योजनाबद्ध ढंगबाट शैक्षिक क्रियाकलापलाई अगाडि बढाउन जोड दिइएको छ ।

त्यस्तै, एक वडा एक खेलमैदान, एक टोल एक ब्यायमशाला तथा योग साधना केन्द्र निर्माणको थालनी गर्ने कुरालाई प्राथमिक्ता दिइएको छ । युवालक्षित खेलकुदमा जोड दिदै खेल क्षेत्रका ब्यक्तिलाई सम्मान र पुरस्कृत गर्ने संस्कृतिलाई विकार गरेर लानेमा जोड दिइएको छ । यातायात सेवालाई ब्यवस्थित र नियमित गराई प्रत्येक वडामा सार्वजनीक यातायातको पहुँच सुनीश्चित गर्न निजी तथा सहकारी क्षेत्रसंग सहकार्य गरिने, सूचना एवं तथ्यांक ब्यवस्थित गर्न नगरपालिकामा सूचना केन्द्र स्थापना गरिने बताइएको छ ।

सूर्यविनायक नगरपालिका विकास र समृद्धिको नगर बनाउँन नगरवासी र जनप्रतिनिधिबीच समन्वय कायम राख्ने बताए । नगर प्रमुख थापाले आधुनिक सहरको रुपमा नगरलाई व्यवस्थित बनाउन पहल गरिने बताए । नगरवासीको जीवन स्तर माथि उकास्न आधुनिक कृषि खेती प्रणालीको विकास गरेर लैजाने बताए ।

नीति तथा कार्यक्रममा कार्यक्रममा बागमती प्रदेश उद्योग, बाणिज्य तथा आपूर्ती राज्यमन्त्री रजनी जोन्छे, प्रदेशका सांसद शसी जंग थापा, जिल्ला समन्वय समितिका प्रमुख इश्वरबहादुर थापा, उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र संचारकर्मीलगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

नगरप्रमुख बासुदेव थापाले प्रस्तुत गरेकाे  नीति तथा कार्यक्रममा के छ ?

 

 

 


Thali Mobile Pvt.Ltd.