भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न, छलफल इकाईसम्म प्रभावकारी ढंगले लैजान निर्देशन

सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न, छलफल इकाईसम्म प्रभावकारी ढंगले लैजान निर्देशन

काठमाडौं । नेपाली सेनाको जङ्गी अड्‍डामा सञ्चालन भएको दुई दिने पृतनापति समन्वयात्मक बैठक सम्पन्‍न भएको छ ।

बैठकमा सहभागीहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको परिस्थितीको विश्लेषण, अपरेशनल अवस्था लगायत प्रधान सेनापति समक्ष गरेको कमाण्ड प्रतिबद्धताको प्रगति प्रतिवेदन, सञ्चालित तालिमहरुको प्रभावकारिता तथा अघिल्लो पृतनापति समन्वयात्मक बैठकको मिनट्समा उल्लेख भएका विषयहरुको प्रगति सम्बन्धी प्रस्तुतीकरण गरिएको थियो। समापनको अवसरमा सहभागीहरुलाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी प्रभुराम शर्माले बैठकले समग्र देशको परिस्थितिलाई बुझेर आईपर्न सक्ने चुनौतीहरुको पहिचान गरी सोको सामना गर्न अपनाउनु पर्ने रणनीति तथा कार्यनीति निर्धारण गर्न मद्दत पुगेको बताए ।

आगामी कार्यहरु थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन बैठक सहयोगी सिद्ध हुने विश्वास व्यक्त गर्दै प्रधान सेनापतिले पृतनास्तरमा हालसम्म भएका प्रभावकारी उपलव्धिहरुको लागि पृतनापतिहरुलाई धन्यवाद दिए ।

बैठकमा भएका छलफललाई तल्लो दर्जा र इकाईसम्म प्रभावकारी ढंगले कार्यान्वयनमा लैजानसमेत सहभागीहरुलाई निर्देशन दिए ।

 


Thali Mobile Pvt.Ltd.