भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सेनाले ४ सयभन्दा धेरै प्रदर्शनकारीको ज्यान लियाे, नागरिकलाई स्वदेश फर्कन बेलायतको आग्रह

सेनाले ४ सयभन्दा धेरै प्रदर्शनकारीको ज्यान लियाे, नागरिकलाई स्वदेश फर्कन बेलायतको आग्रह

म्यानमार । बेलायतले म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको छ । सेनाको ज्यादती बढ्दै गएपछि बेलायतले आफ्ना नागरिकलाई फर्किन आग्रह गरेको हो ।

प्रदर्शनकारीमाथि भइरहेको ज्यादती रोक्न अनुरोध गर्दै बेलायत, अमेरिका, जापान, अस्ट्रेलिया लगायत विभिन्न १२ देशले भत्सर्ना गरेका छन् । सेनाले गोली ठोकेर बालबालिकासहित एक सयभन्दा धेरैको ज्यान लिएको थियो । हिंसा लगातार बढ्दै गएपछि अन्तर्राष्ट्रिय समुदायले घटनाको भत्सर्ना गर्दै आएका छन् ।

म्यानमारको सुरक्षाबललाई ‘आतंकको शासनकाल’ भनेर अमेरिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ । गएको फेब्रुअरी १ तारिखमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायत नेतालाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएदेखि नै अन्तराष्ट्रिय समुदायले यसको विरोध गर्दै आएका छन् ।

एक सयभन्दा धेरैको ज्यान लिएपछि म्यानमारका सैन्य प्रमुख मिन आङ लाइङ र उनका जनरलले भव्य भोज गरेको बीबीसीले उल्यख गरेको छ । म्यानमार सेनाले अहिलेसम्म ४ सयभन्दा धेरै प्रदर्शनकारीको ज्यान लिएको संचारमाध्यमले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.