काठमाडौं । आज कोरोनाविरुद्धको चिनियाँ खोप काठमाडौं आउँदै छ । चीन सरकारले सहयोग गरेको आठ लाख डोज खोप ल्याउन लागिएकाे हो ।
नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाजले उक्त खाेप राति साढे आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याउने निगमका प्रवक्ता करिष्मा श्रेष्ठले बताइन् ।
चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो कोरोनाविरुद्धको ‘भेरासेल’ खोप नेपाललाई उपलब्ध गराउन लागेको हो । २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने यो खोप दुई मात्रा लगाउनु पर्नेछ ।
विभिन्न परीक्षणहरूले उल्यख गरेअनुसार चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिसिल्ड खोपभन्दा धेरै प्रभावकारी भएको अधिकारीहरु बताएका छन् ।
