भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

आज चीनबाट आठ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल ल्याइँदै 

आज चीनबाट आठ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल ल्याइँदै 

काठमाडौं । आज कोरोनाविरुद्धको चिनियाँ खोप काठमाडौं आउँदै छ । चीन सरकारले सहयोग गरेको आठ लाख डोज खोप ल्याउन लागिएकाे हो ।

नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाजले उक्त खाेप राति साढे आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याउने निगमका प्रवक्ता करिष्मा श्रेष्ठले बताइन् ।

चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो कोरोनाविरुद्धको ‘भेरासेल’ खोप नेपाललाई उपलब्ध गराउन लागेको हो । २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने  यो खोप दुई मात्रा लगाउनु पर्नेछ ।

विभिन्न परीक्षणहरूले उल्यख गरेअनुसार चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिसिल्ड खोपभन्दा धेरै प्रभावकारी भएको अधिकारीहरु बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.