भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

सेवा निवृत्त सैनिकको रहरलाग्दो कालिजपालन

सेवा निवृत्त सैनिकको रहरलाग्दो कालिजपालन

गलेश्वर, । भारतीय सेनाबाट अवकास पाउनुभएका म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय सुरु गर्नुभएको छ । १७ वर्ष भारतीय सेनामा काम गरेर अवकास पाउनुभएका उहाँले गाउँ फर्किएर कालिजपालन सुरु गर्नुभएको हो । उहाँले सुरु गर्नुभएको कालिजपालन व्यवसाय अहिले यस क्षेत्रकै रहरलाग्दो र रमाइलो बनेको छ ।

रञ्जिला कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर २०७७ सालको फागुनबाट व्यवसायिक रुपमा नै कालिजपालन सुरु गर्नुभएको घिमिरेले सात महिनाको अवधिमा राम्रो आम्दानी मात्रै गर्नुभएको छैन, नयाँ व्यवसाय गरेर उदाहरणीयसमेत बन्नुभएको छ । रु २१ लाखको लगानीबाट कालिजपालन सुरु गर्नुभएका घिमिरेको फर्ममा अहिले ६०० कालिज हुर्कदै छन् । यस अवधिमा उहाँले ११० वटा कालिज बिक्री गर्नुभएको छ । लामो अध्ययनपछि उहाँले फाँपरखेतमा कालिज पाल्ने सोच बनाउनुभएको हो ।

“भारतीय गोर्खा सैनिकमा हुँदा आफ्नै गाउँको जस्तै भूगोल भएको दार्जिलिङमा कालिजपालन गरेको देखेर म लोभिएको थिएँ”, ३९ वर्षीय फरासिला घिमिरेले भन्नुभयो, “पाँच वर्षपछि सेवा निवृत्त भएर गाउँ आएँ, यहाँ आउदा नेपाल सरकारले कालिजपालनका लागि अनुमति दिएको थाहा पाएपछि तत्कालै कालिजपालन व्यवसाय सुरु गरेको हुँ ।” घिमिरेले सात रोपनी पाखोबारीलाई घेराबार गरेर जालीले छोपेको खोर बनाउनुभएको छ ।

त्यही खोरमा चारसय बढी ‘रिङनेट’ जातका कालिज हुर्किरहेका छन् । अधिकांश कालिज बिक्रिका लागि योग्य भएका घिमिरेले बताउनुभयो ।  कालिज बेनी, भकुण्डे, बागलुङ र पोखराको बजारमा प्रतिगोटा रु तीन हजार ५०० का दरले बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । कालिजका लागि उहाँले रैथाने आहारा ९मकै, गहुँ,कोदो० का साथै बजारबाट आयातित दाना खुवाउने गर्नुभएको छ । त्यसका साथै हरियो भूइँ तथा डालेघाँसबाट पनि उहाँले कालिजलाई दानाको व्यवस्थापन गरेको बताउनुभयो । उहाँको फार्ममा स्थानीय तीन जना व्यक्तिले रोजगारी समेत पाएका छन् ।

निकट भविष्यमा ह्याचिङ मेसिन राखेर आफै चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको सङ्ख्या बढाउने उहाँको योजना छ । पाँच महिनामा दुई किलो भन्दा बढी तौल हुने र ती कालिज मासु खानका लागि योग्य हुने उहाँले जानकारी दिनुभयो । कालिजको मासु सबैका लागि स्वादिष्ट र उपयोगी हुने भए पनि विशेष गरी युरिक एसिड भएका व्यक्ति र सुत्केरी महिलाका लागि हितकारक हुने बताएको छ । पाँचदेखि सात महिनाभित्र बिक्री गर्न योग्य हुने कालिजलाई व्यावसायिक रुपमा विस्तार गर्दै लैजाने सोच उहाँको रहेको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.